दमक, १८ पुष । दमक उद्योग वाणिज्य संघमा आज निर्वाचन हुदै छ । बिहान ८ बजेदेखी वार्ड नं ७ को कार्यालय रहेको प्राङ्गण पशुहाटमा हुने निर्वाचनको सबै तयारी सकिएको छ ।
आवश्यक भन्दा करिव तीन गुणा उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन् । २४ जनाको कार्य समितिका लागि ६५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्यानल– प्यानल बनाएर तीन वटा समुहले आ–आफ्नो समुह बनाएको छ ।
गोपाल गुरागाई, राजु खड्का र भरत चौलागाईको नेतृत्वमा तीन वटा प्यानल चुनावमा भीड्ने छ । यसकालागी सबै तयारी सकिएको निर्वाचत समितिका संयोजक लिला गुरागाईले जानकारी दिनुभयो ।
निर्वाचन स्थलमा आवश्यक पर्ने सबै काम , पूर्र्व तयारी सकिएर मतदाताको पखाईमा बस्न सुरु गरिसकेको गुरागाईले रेडियो किङ एफमको कार्यक्रम सत्य संवादमा कुराकानीका क्रममा बताउनु भयो ।
निर्वाचनलाई सुरक्षीत र भयरहीत बनाउन स्थानीय प्रशाषनसग समन्वय गरीएको समेत उहाँले जानकारी दिनुभयो ।









