दमकमा निःशुल्क स्त्रीरोग विशेष स्वास्थ्य शिविर तथा भीआईए परीक्षण

पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचानका लागि गरिन्छ भीआईए परीक्षण ।
दमक,१८ पुस । दमक नगरपालिका ६ नं वडा कार्यलायले एक दिने निःशुल्क स्त्रीरोग विशेष स्वास्थ्य शिविर तथा भिआईए परीक्षण सम्पन्न गरेको छ । महिलाको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै आयोजना गरिएको शिविर दमक–६,आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको थियो ।

शिविरमा महिलासम्बन्धी विभिन्न रोगको परीक्षण, परामर्श तथा प्रारम्भिक उपचार निःशुल्क रूपमा प्रदान गरिएको थियो। विशेषगरी पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचानका लागि गरिने भीआईए परीक्षणमा महिलाहरूको उल्लेख्य सहभागिता रहेका थियो ।

दमक नगरपालिका ६ नं वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न भएको शिविरमा नेपाल औषधि व्यवसायी संघ झापा जिल्ला शाखाको सहयोग र आम्दा अस्पताल दमकको प्राविधिक सहयोग रहेको थियो।

बाहिर यस खाले परिक्षण गराउनु परे कम्तीमा दस हजार सम्म लाग्ने थियो तर, यसरी वडा ले नै निशुल्क परिक्षण शिभिरको आयोजना गरिदिँदा आर्थिक रुपमा कम्जोर रहेका महिलाहरुलेपनि स्वास्थ्य जाँच गर्न पाएको र आफूले पनि यो शिभिरको सबै लाभ लिन पाउन् भनी आफ्‌नो टोल र छरछिमेकमा रहेका सबै महिलाहरुलाई जानकार गराएको बताउनुहुन्छ शिविरमा सहभागी महिला साथै नगरज्योती टोल विकासको अध्यक्ष समेत रहनुभएकी लक्ष्मी देवी काफ्‌ले ।

यस्ता शिविरले महिलामा स्वास्थ्यप्रति चेतना बढाउनुका साथै समयमै परीक्षण र उपचारमा पहुँच सहज बनाएको जनाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल