‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !

दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ ।

लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो भने धेरै नेपाली भोकै पर्ने स्थिति हाम्रो अगाडी छ ।

यो समस्याले हरेक क्षेत्रका मानिस अप्ठेरोमा परेका छन् । यसै बिच दैनिक काम गरेर घर चलाउने नेपाली चलचित्रका प्राविधिकहरू पनि निकै समस्यामा परेका छन् ।

यसै कुरालाई मध्यनजर गर्दै चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले यो अवस्थामा दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरूलाई सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।