नयाँ जिन्दगी पाउने आशा

झापामा २० वर्षदेखि   दाम्लोेमा बाँधिएका एक युवकको उद्धार

 

 

 

बिर्तामोड  झापाको अर्जुनधाराबाट २० वर्ष दाम्लोेमा बाँधिएका एक युवकको सोमबार उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका युवकको मेची अभियानको सक्रियतामा उद्धार गरिएको हो ।

अर्जुनधारा नगरपालिका–१ का २६ वर्षीय रोशन ढुङ्गेललाई अभियानले उद्धार गरेको हो । उनलाई उपचारका लागि सोमबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अभियानका सदस्य कौशल भण्डारीले बताए ।

सामान्य अवस्थामै जन्मेका ढुङ्गेल २ वर्षको हुँदा बिरामी भएका थिए । ‘त्यसबेला उपचार गरिएन । गाउँकै धामीझाँक्रीको भर परियो’ ढुङ्गेलका बाबु दुर्गाप्रसादले भने, ‘पछि बिराम त जाती भयो तर, यस्तोखालको समस्या उत्पन्न भयो ।’ दुर्गाप्रसादले २ वर्षको उमेरदेखि रोशनको बोली बन्द भएकोे र अस्वभाविक हाउभाउ देखाउन थालेको जानकारी दिए ।

‘२० वर्षदेखि दिसा–पिसाब ओछ्यानमै गर्दै छ, ढ्ङ्गेलले भने, ‘घरको एकजनाले नियमित हेरचाह गर्नुपर्ने हुन्छ ।’ दाम्लोबाट फुत्किएका दिन खोज्नको हैरानी हुने उनले बताए । गाउँमा बिगार गर्ने, हराउने तथा खोज्नका लागि समस्या हुने भएकाले ढुङ्गेलले सधैँभरि दाम्लोले बाँधेर राख्न थालेको बताए ।

अत्यन्त न्यून आर्थिक अवस्थाको ढुङ्गेल परिवार बिरामीको उपचार गराउन सहरका अस्पताल लान सक्ने अवस्थामा छैन । बाबु दुर्गाप्रसाद गाउँकै एउटा किराना पसलमा ज्याला मजदुरीको काम गर्छन् । त्यहाँबाट आएको तलबले उनको घरको गर्जाे टरेको छ । गाउँमै टाउको लुकाउने सानो झुपडी र त्यो झुपडीले ओगटेको जमिन ढुङ्गेल परिवारको सम्पत्तिको नाममा सर्वस्व हो ।

दुई छोरी र एक छोराका बाबु रहेका ढुङ्गेल सन्तानमध्येको जेठो छोराको यो अवस्थाबाट झन् पीडित छन् । छोराको उपचार गर्नुभन्दा उसको गोठालो गर्नु उत्तम सम्झेर दाम्लोेले बाँधेर राखिएको पीडा उनले सुनाए । अलि भरपर्दाे अस्पतालमा उपचार गर्न रकम अभाव भएको हुँदा उनले अस्पताल लाने प्रयास नगरेका हुन् ।

अर्जुनधारा नगरपालिकाले उपचारमा लानका लागि एम्बुलेन्स निःशुल्क उपलब्ध गराएपछि मेची अभियानले उनको उद्धार गरेर अस्पताल लगेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि निःशुल्क उपचार गर्ने भएपछि रोशनले नयाँ जिन्दगी पाउने आशा पलाएको बाबु दुर्गाप्रसादले बताएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन