प्रतिनिधी सभा निर्वाचनमा जनता कस्तो नेतृत्व र एजेन्डा चाहन्छन् ?

दमक,२२ पुस । गत भदौ २३ र २४ गते परिवर्तनका लागी भएको जेन्जी आन्दोलनले देशमा ठूलो चर्चा मात्र होइन, व्यापक विध्वस पनि ल्यायो । देशभर खर्बौं रुपैयाँको क्षति भयो र विकासका केही वर्षले मात्र जुटाएको प्रगति १० वर्षअघि झैँ पछाडि धकेलियो । जेन्जी आन्दोलनपछि गठन भएको नयाँ अन्तरिम सरकारले जनताको मागलाई ध्यानमा राख्दै, फागुन २१ मा प्रतिनिधी सभाको निर्वाचन गर्ने निर्णय गरिसकेको छ । अब आउने आगामी प्रतिनिधी सभा निर्वाचनमा जनता कस्तो नेतृत्व र एजेन्डा चाहन्छन् ?

सर्वसाधारणको दृष्टिमा अबको नेतृत्व स्थिर, पारदर्शी र भ्रष्टाचारमुक्त हुनुपर्छ। युवा रोजगारी, आधारभूत पूर्वाधार, शिक्षा र स्वास्थ्यमा ठोस नीति ल्याउनुपर्ने अपेक्षा सबैको साझा चाहना हो । प्रतिनिधी सभाले आर्थिक विकाससँगै सामाजिक न्याय, समावेशी नीति, कानूनी सुधार र युवा सशक्तिकरणलाई प्राथमिकता दिए मात्रै देशले स्थायी विकास र निकासको मार्ग पाउन सक्छ ।

परिवर्तनका लागी गरिएको जेन्जी आन्दोलनको मूल उद्धेश्य भनेकै भ्रष्टचार रोक्नु थियो । आगामी निर्वाचनमा आउने प्रतिनिधीहरुले देशमा सुशासन कायम गर्ने, भ्रष्टचार न्युनीकरण गर्ने र अधिकांश युवाहरुलाई नै प्रतिनिधीत्व गराएर लैजानुपर्ने बताउनुहुन्छ गौरादह ५ बालुबथानका भिमबहादुर सुवेदी ।

पुरानो पार्टीले यतीका वर्ष देश चलाउँदाको परिणाम देखियो अब भने जेन्जीको बलिदानको सम्मान गर्दै नयाँ दल र जेन्जीहरुलाई नै मौका दिनुपर्ने बताउनुहुन्छ दमक ५का स्थानीय देवी प्रसाद घिमिरे ।
देशमा भर्खरै भएको विध्वंशलाई निकास दिनका लागी अब भने नयाँ सोच भएको नेतृत्वको खाचो औल्याउनुहुन्छ दमकका पर्शुराम लुईटेल । पुराना नयाँ पार्टी भनेर भन्नु भन्दा पनि नयाँ सोच भएको नेतृत्व चुन्न जरुरी छ । पुरानै दल भए नी नयाँ सोच लिएर आए फेरी पुरानालाई नै जिताउनुपर्ने उहाको धारणा छ ।

फागुन २१ को निर्वाचन अब केवल मतको गणना होइन, देशको भविष्य र जनताको विश्वासको परिक्षा बन्नेछ। जसले जनताको आवाज सुन्छ र काममा उतार्छ, त्यसले मात्र आगामी दशकभरको राजनीतिक स्थिरता र विकास सुनिश्चित गर्न सक्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा