नकआउट टि–१० क्रिकेट टुर्नामेन्ट समापन कार्यक्रम

दमक,२८ पुस । बिहानी क्रिकेट ग्रुप दमक, झापाको आयोजनामा सम्पन्न खुल्ला नकआउट टि–१० क्रिकेट टुर्नामेन्ट आइतबार एक औपचारिक कार्यक्रमबीच समापन गरिएको छ ।
पुस २५ गतेबाट सुरु भएको उक्त प्रतियोगिता पुस २७ गते समापन गरिएको हो। समापन कार्यक्रममा प्रतियोगिताका विजेता दमक इलेभेन र उपविजेता शिवसताक्षी नगरपालिकालाई ट्रोफी, मेडल तथा नगद पुरस्कार वितरण गरिएको थियो साथै सो प्रतियोगितामा साथ र सहयोग विभिन्न संस्था र व्यक्तिहरुलाई समेत मायाको चिनो वितरण गरिएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरू, स्थानीय खेलप्रेमी, खेलाडी तथा विभिन्न प्रायोजक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको प्रमुख अथिती व्यवसायी अजय अग्रवाल रहनुभएको थियो । यस्ता प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकास, युवाको सहभागिता र खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
समापन कार्यक्रममा फाइनल खेलका ‘म्यान अफ द म्याच’ दमक इलेभेनका पप्पु मण्डल र प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका ‘प्लेयर अफ द सिरिज’ शिवसताक्षी नगरपालिकाका अभिषेक लिम्बुलाई विशेष सम्मान गरिएको थियो।
आयोजक बिहानी क्रिकेट ग्रुप दमकले आगामी दिनमा अझ व्यवस्थित र ठूला स्तरका क्रिकेट प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु