चर्चा मेयरको

दमक अनेम सघंको माग : ‘अब दमकको मेयर गीता अधिकारी हुनुपर्छ ’

anema-sagh-damak-ujyalo-kha

दमक/

समृद्ध नेपाल निर्माणकालागि स्थानिय तहको प्रमुख पदमा महिलाको सहभागीता गरौ भन्ने मुल नारा तय गरेर अखिल नेपाल महिला सघंले दमक नगरपालिकाको नगर प्रमुखमा महिलाको नेतृत्व खोजेका छन् ।

दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले आफ्नो पदमा रहेर गरेको योदानको चर्चा गर्दै अनेमसघंले अधिकारीलाई खादा ओडाएर सम्मान समेत गरेको थियो ।

दमक ९ स्थित नेकपा एमालेको पार्टि कार्यालयमा सघंको वडा कमिटीले आयोजना गरेको एक कार्यक्रममा आगामी स्थानीय तहको चुनावमा नगर प्रमुखको उम्मेद्वार दिन पार्टिसँग सघंले माग राखेको छ ।

जेष्ठ आमा बुबाहरुलाई सम्मान गर्न आयोजीत कार्यक्रमका वक्ताहरुले अव स्थानीय सरकारमा उपमा मात्रै महिलाको नेतृत्व प्रमुख नै जिम्मेवारी सम्हाल्न सक्ने गरि तयार भएकोले दमकमा गीता अधिकारीलाई नगर प्रमुख बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा १ सय ५० जना जेष्ठ नागरिक आमा बुबालाई सम्मान गरिएको छ ।


अखिल नेपाल महिला सघं दमक नगरपालिका वडा नं ९ कमिटीले एक औपचारिक कार्यक्रमको आयोजना गरि वडामा रहेका ८० वर्ष माथीका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

एक एक वटा छाता र मुख गुलियो बनाउन मिश्री प्रदान गर्दै जेष्ठ नागरिकलाई सम्मान गरिएको अखिल नेपाल महिला सघं वडा नं ९ कमिटीकी निर्मला ओली उप्रेतीले जानकारी दिनुभयो ।

कार्यक्रममा अनेम सघंकी केन्द्रिय सदस्य सारदा सापकाटा रहनु भएको थियो । उहाँले अहिले राज्यले महिलालाई हरेक क्षेत्रमा अनिवार्य उपस्थिती गराउने निती महिलाकै आन्दोलनको उपलब्धी बनेको बताउनु भयो ।
महिलाहरुले अव कोटामा मात्र हेईन क्षमताबाट पनि स्थान सुनिश्चित बनाउन आवश्यक रहेको र त्यसका लागि आफ्नो नेतृत्व विकास गर्न लागिपर्नुपर्ने उल्लेख गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन