विप्पन्न बस्तिमा लायन्सको न्यानो साथ

दमक ३ माघ । चिसो बिस्तारै कम हुँदै गएको छ । तर अझैपनि बिहान बेलुका निकै चिसो हुन्छ । तर यस्तो चीसोमा दमकका कयौ बस्तिहरु अझैपनि न्यानो भएर सुत्न सकिरहेका छैनन । यो मध्येको एक हो दमक ९ मा रहेको एउटा सुकुम्बावी बस्तिमा रहेका ५० बढि परिवारलाई रातमा ओढेर सुत्ने फाईवर सिरक वितरण गरिएको छ ।

सामाजिक सेवामार्फत समुदायमा सहयोग पु¥याउने उद्देश्यसहित लायन्स क्लब दमक माउन्ट एभरेष्ट र लियो क्लब अफ दमक माउन्ट एभरेष्टको संयुक्त आयोजनामा झापाको दमकमा फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न गरिएको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिनको अवसर पारेर उक्त कार्यक्रम गरिएको थियो । जाडो मौसममा विशेष गरि विपन्न परिवारलाई आवश्यक सहयोग पुग्ने अपेक्षा छ सहित उक्त कार्यक्रमको आयोजना गरिएको थियो । दमक ९ मा रहेका करिब ५० परिवारलाई एक एक थान फाईबरको सिरक वितरण गरिएको थियो । जाडोको समयमा फाईवर सिरक पाएकोमा खुसी हुँदै स्थानीय टेक बहादुर थुलुङले भन्नु भयो सहयोग गर्नेहरु सबैलाई धन्यवाद ।

लायन्स क्लबले निरन्तर जहाँ जे आवश्यक हुन्छ त्यहाँ त्यही वितरण गर्दै आएको बतउनु हुन्छ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक क्याबीनेट सेक्रेटरी नेत्र चौलागाई । वडा नं ९ को यो बस्तिमा सिरक वितरण कुनै राहात नभई एउटा उपहार सम्झन उहाँले अनुरोध पनि गर्नु भयो ।

सेवा र सहयोग गर्न वडा नं ९ लाई नै चुनिदिएकोमा यसै वडाका वार्ड अध्यक्ष कुवेर भट्टराईले आयोजकलाई अभार प्रकट गर्नुभयो । उहाँ भन्नु हुन्छ ‘उपहार स्वरुप प्रदान गरिएको सिरक लायन्सको लागी एउटा सानो परियोजना भएपनि उपहार पाउने परिवार र वडा नं ९ का लागी यो निकै नै ठूलो उपलब्धी रहेको छ । ’ उहाँले भन्नुभयो हेर्दा सानो सहयोग भएपनि यसले आम मानसीमा सकरात्मक प्रभाव पारेको छ ।

समुदायमा गरिने यस खाले सहयोग सानो देखिए पनि आवश्यक परेका परिवारलाई राहात प्रदान हुने गर्दछ र यस खाले सहयोग र काम लायन्स क्लबले निरन्तर गरिरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको

बाँदरबाट बाली जोगाउन मझुवागढी नगरपालिकाद्वारा बजेट विनियोजन

काठमाडौं,१० असार । किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको

कार र मोटरसाइकल ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,१० असार । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उहाँकी पत्नी रामपरी यादव घाइते