अन्धोपनमध्ये ५ प्रतिशत जलविन्दुको कारण

जलविन्दुले दृष्टि नै गुम्न सक्ने : समयमा पहिचान नगरे खतरा

 

 

 

काठमाडौँ — जलविन्दु समयमा पहिचान नगरे दृष्टि नै गुम्न सक्ने खतरा हुने चिकित्सकले बताएका छन् । नेपालमा सन् २०११ मा गरिएको एक सर्भेका अनुसार कुल अन्धोपनमध्ये ५ प्रतिशत जलविन्दुको कारणले हुने गरेको देखाएको छ । विश्वमा सन् २०४० सम्म ११ करोड १८ लाखलाई जलविन्दु हुने अनुमान गरिएको छ ।९० प्रतिशत पत्ता नलागेको अवस्थामा रहेको छ ।१ अर्ब आँखा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् ।

तिलगंगा आँखा प्रतिष्ठानकी जलविन्दुु युुनिटका प्रमुुख तथा जलविन्दुु विशेषज्ञ डा. इन्दिरा पौडेलका अनुसार यो रोग वंशाणुगत, ४० वर्ष उमेरभन्दा माथिकालाई, बढी पावर र माइनस पावर भएकोलाई, आँखामा चोट लागेकालाई बढी सम्भावना हुन्छ ।

डा पौडेल भन्छिन्–‘ आँखा भित्रको चापमा वृद्धि भई दृष्टि नशालाई नराम्रो असर पारी दृष्टि क्षमतालाई उपचारै नलाग्ने गरी दृष्टिविहीन बनाउने रोगलाई जलविन्दु भनिन्छ । विश्वभरिमै दृष्टिविहीन गराउने प्रमुख रोगहरु मध्ये यो दोस्रोमा पर्दछ ।’ उनले धेरै लक्षण नहुने र सुटुक्क थाहा नै नदिई दृष्टि चोरेर लाने भएर भएकालाई यो रोगलाई ‘साइलेन्ट थिफ अफ साइट’ पनि भनिने र बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म जसलाई पनि यो रोग लाग्न सक्ने बताउँछिन् ।

अन्तर्राष्ट्रियरुपमा १२ मार्च लाई विश्व जलविन्दु दिवसको रुपमा मनाइन्छ भने मार्चको दोस्रो सातालाई जलविन्दु सप्ताहको रुपमा मनाइन्छ । समयमै यसको पहिचान भई उपचार गर्न सकेमा रोकथाम गर्न सकिने र ढिलो भएका दृष्टि नै गुम्ने सम्भावना रहकालेसमयमै जाँच तथा परीक्षण गर्नुपर्ने डा पौडेलको भनाइ छ ।

तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गत नेपाल जलविन्दु आँखा क्लिनिकले जलविन्दु रोगसम्बन्धी चेतना जगाउने साथै जाँच तथा उपचार उपलब्ध गराउने उद्देश्यले यही फागुन २२ देखि २८ गतेसम्म २० औं जलविन्दु सचेतना सप्ताह २०७८ सञ्चालन गरिरहेको छ ।

सप्ताहमा मुलुकका विभिन्न क्षेत्रबाट आएका नयाँ तथा पुरानो गरेर बिरामीको जाँच तथा उपचार प्रदान गरिने र जलविन्दुसम्बन्धी विभिन्न जानकारी तथा परामर्श प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु