उर्लाबारीमा उर्लीयो सोनाम ल्होसार मनाउनेको भीड

उर्लाबारी,५ माघ। तामाङ समुदायको महान राष्ट्रिय चाड सोनाम ल्होसार यस वर्ष पनि नेपालसहित विश्वका विभिन्न मुलुकमा श्रद्धा, उमङ्ग र सांस्कृतिक गरिमासहित मनाइएको छ। मञ्जुश्री सम्वत २८६२, घोडा वर्षको स्वागत गर्दै उर्लाबारीस्थित बौद्ध गुम्बामा विशेष धार्मिक पूजा, शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमका साथ ल्होसार मनाइएको हो।

 

तामाङ समुदायका लागि सोनाम ल्होसार केवल पात्रोको नयाँ वर्ष होइन, यो उनीहरूको सभ्यता, धार्मिक विश्वास, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीक हो। “ल्हो” ले वर्ष र “सार” ले नयाँ भन्ने जनाउँछ। यसरी ल्होसारको अर्थ नयाँ वर्ष हो। तामाङ समुदायले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ, जुन उनीहरूको परम्परागत चन्द्र–सौर पात्रोमा आधारित हुन्छ।

इतिहासका पानाहरू पल्टाउँदा, सोनाम ल्होसारको अभ्यास तामाङ समुदायको प्राचीन हिमाली जीवनशैलीसँग गाँसिएको देखिन्छ। कृषि, पशुपालन र प्रकृतिमा निर्भर जीवन बिताउने तामाङ समुदायले ऋतु परिवर्तनसँगै नयाँ वर्ष मनाउने चलन विकास गरेको इतिहासकारहरू बताउँछन्। बौद्ध दर्शनसँग जोडिएपछि ल्होसारले धार्मिक स्वरूप पनि ग्रहण गरेको पाइन्छ। विशेषगरी मञ्जुश्री बोधिसत्वले नेपाल उपत्यकाको सभ्यता विकास गरेको मान्यतासँग मञ्जुश्री सम्वतको प्रयोग जोडिएको छ।

 

सोनाम ल्होसार हरेक वर्ष माघ शुक्ल प्रतिपदाबाट सुरु हुन्छ र करिब एक महिनासम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ मनाइन्छ। यस अवधिमा गुम्बा र विहारहरूमा विशेष पूजा, लामाबाट आशीर्वाद, धर्मोपदेश र शान्ति प्रार्थना गरिन्छ। घर–घरमा सरसफाइ गरी नयाँ सुरुवातको संकेतस्वरूप दीप, धूप र प्रसाद अर्पण गरिन्छ।

 

नेपाल बौद्ध गुम्बा उर्लाबारीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तामाङ घेदुङ संघका पूर्व अध्यक्ष महेन्द्रजंग तामाङका अनुसार सोनाम ल्होसारले समुदायभित्र आपसी सद्भाव, मेलमिलाप र सकारात्मक सोचको विकास गराउँछ। “यो पर्व आजदेखि सुरु भएर करिब एक महिनासम्म मनाइन्छ। यसले टाढा रहेका आफन्तलाई नजिक ल्याउने, पुराना रिसइवी भुलाउने र नयाँ वर्षलाई आशाका साथ स्वागत गर्ने अवसर दिन्छ,” ।

सांस्कृतिक दृष्टिले सोनाम ल्होसार तामाङ समुदायको जीवन्त पहिचान हो। परम्परागत तामाङ भेषभूषा, दम्फु बाजा, तामाङ सेलो गीत र स्याब्रु नृत्यले ल्होसारलाई थप रौनक बनाउँछ। युवा पुस्ताले संस्कृति सिक्ने र ज्येष्ठ पुस्ताले ज्ञान हस्तान्तरण गर्ने यही पर्व महत्वपूर्ण माध्यम बनेको छ।

 

सोनाम ल्होसार नेपालका काठमाडौँ उपत्यका, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुरलगायत तामाङ बाहुल्य क्षेत्रमा विशेष रूपमा मनाइन्छ। यस्तै भारतको दार्जिलिङ, सिक्किम, भुटान तथा विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने तामाङ समुदायले पनि आफ्नै शैलीमा ल्होसार मनाउने गरेका छन्।

समयक्रमसँगै सोनाम ल्होसार सार्वजनिक पर्वका रूपमा स्थापित हुँदै गएको छ। तामाङ समुदायले आफ्नो मौलिक संस्कृति संरक्षण गर्दै राष्ट्रिय पहिचानसँग जोड्न थालेका छन्। यही कारण आज सोनाम ल्होसार केवल एक जातिको पर्वमा सीमित नरही, नेपालको सांस्कृतिक विविधताको सुन्दर उदाहरण बनेको छ।

 

नयाँ वर्षसँगै सुख, शान्ति, समृद्धि र सहअस्तित्वको कामना गर्दै मनाइने सोनाम ल्होसारले तामाङ समुदायको इतिहास, संस्कार र भविष्यलाई एउटै धागोमा बाँध्ने काम गरिरहेको देखिन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि