" चिकित्सक संगठीत"

दमकमा गठन भयो स्पाईन क्लव , डा. गौरवराज ढकाल संरक्षक, दमकलाई मेरुदण्ड उपचारको हव बनाईने

 

दमक/
दमकमा हाडजोर्नी तथा नसारोग विषेशज्ञ चिकित्सकहरु संघठित भएका छन् । दमक निवासी डा. गौरवराज ढकालको संरक्षकत्वमा दमक स्पाईन क्लव गठन भएको छ । काठमाडौ स्थित बिर अस्पताल अन्तरर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा बरिष्ठ स्पाईन सर्जनको रुपमा कार्यरत दमक निवासी डा. ढकालले दमकलाई हाडजोर्नीको उपचार गर्नकालागि प्रदेश १ कै हव बनाउने लक्ष्य राख्नु भएको छ ।

क्लवको संयोजकमा दमक स्थित एडभान्स अस्पतालका हाडजोर्नी तथा नसारोग विषेशज्ञ डा. अनुप पोखरेल रहनु भएको छ भने अन्य विभिन्न अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसा रोगका चिकित्सकहरु सदस्य रहनु भएको छ ।

सदस्यहरुमा दमक अस्पतालका डा. खड्ग लिम्बु र दिप नारायण रिजाल रहनु भएको छ । यसै गरि आम्दा अस्पतालका डा. डिल्ली रिजाल, अरुण कुमार शाह पनि सदस्यमा रहनु भएको छ । निम्स नेशन हस्पिटलका डा. नबीन कुमार सिहं, लाईफलाईन अस्पतालका डा. मनोज कुमार शाह र दमक हस्पिटल एण्ड रिसर्च सेन्टरका डा. प्रविण चौधरी रहनु भएको छ ।

यो क्लवले आगामी बैशाख ९ गते पहिलो कार्यक्रम गर्दै छ । एडभान्स अस्पतालसँगको सहकार्यमा नेपालकै मेरुदण्डको रोगसँग सम्बन्धीत विज्ञहरुको भेला गराउने र यो रोग सम्बन्धीको कार्यपत्र नै प्रस्तुत गर्ने कार्यक्रम तय भएको क्लवका संरक्षक डा. ढकालले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

साथै यो क्लवले मेरुदण्ड सम्बन्धीका रोग र यसका निराकरणका उपाय सहितका विभिन्न जनचेतना मुलक कार्यक्रम पनि गर्ने जनाएको छ । पछिल्लो समय बालबालिकामा पनि मेरुदण्ड र काँध दुख्ने समस्या बढेकोले विद्यार्थी सचेतना कार्यक्रम पनि गरिने उहाँले बताउनु भयो । यसले पूर्वि क्षेत्रमा मेरुदण्ड सम्बन्धीका कस्ता कस्ता समस्या रहेछन् र त्यसको निरारकण कसरी गर्न सकिने छ भन्नेकुराको अध्ययन पनि हुने विस्वास लिइएको छ । अध्ययन पछि यसका निराकरणका उपाय निकाल्न मद्यत पुग्ने डा. ढकालले बताउनु भयो ।

Share: