मोरङमा उम्मेदवार तथा प्रतिनिधिहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मोरङ ,२८ माघ । मोरङ क्षेत्र नं. १ मा आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उम्मेदवार तथा प्रतिनिधिहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरू, निर्वाचन प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन आचारसंहिता अधिकृत, विभिन्न सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भय तथा दबाबरहित वातावरणमा सम्पन्न गर्न सबै उम्मेदवार, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी र आम सर्वसाधारणले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्
निर्वाचन सन्दर्भमा निर्वाचन आचारसंहिता अनुगमन समिति तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय, मोरङले आचारसंहिताबारे स्पष्ट जानकारी गराएको थियो।

 

मुख्य निर्वाचन अधिकृत प्रकाश घिमिरेको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललगायत सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए। बैठकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, मोरङका प्रमुख चित्रबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

 

सर्वपक्षीय बैठकमा मोरङका प्रमुख सेनानी शिवदल गणका प्रमुख सेनानी अपनल बस्नेत, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवाल, सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र ब. भण्डारी, उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना देवी खतिवडा (पौडेल), लेटाङ नगरपालिकाका मेयर भूपेन्द्र कुमार लावती, मिक्लाजुङ गाउँपालिकाका प्रमुख विवि कुमार राई, केरावारी गाउँपालिकाका प्रमुख सुमन मिरिङ्चिङ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि