झापा गोल्डकपमा आज फाइनल प्रवेशका लागि झापा ११ र एपिएफ खेल्दै

बिर्तामोड, फागुन १ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज आयोजकको टिम झापा ११ फुटबल क्लबले पहिलो सेमिफाइनल खेल विभागीय टोली एपिएफ फुटबल क्लबविरुद्ध खेल्दैछ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे बिर्तामोडकै क्लब झापा ११ ले जारी राष्ट्रिय लिगमा तेस्रो स्थानमा रहेको ए डिभिजन क्लब एपिएफसँग फाइनल प्रवेशका लागि खेल्दैछ । आजको खेल जित्नेले कम्तिमा सात लाख ५० हजार रुपैयाँ सुरक्षित गर्नेछ ।
एपिएफ अनुभवी प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षण तथा हरि कार्कीको कप्तानीमा प्रदिप लामा, युवराज खड्का, बुद्धिमान राई, मणिकुमार लामासहित आज झापा ११ विरुद्ध उत्रिदैछ । कप्तान कार्की जारी प्रतियोगितामा ह्याट्रिक गर्ने एक्ला खेलाडी हुन् ।

झापा ११ लाई स्थानीय समर्थकको दह्रिलो साथ रहनेछ । अधिकांश खेलाडी झापाकै भएका कारण पनि उनीहरु उच्च मनोबलका साथ एपिएफविरुद्ध मैदानमा हुनेछन् । प्रशान्त लक्समको कप्तानीमा रहेको झापासँग राष्ट्रिय टोलीका सदस्य रोहण कार्कीसहित समिर तामाङ, एरोन थापा, रोमन भुजेल, राजेश दाहाल र दुई विदेशी खेलाडी रहनेछन् ।
झापा ११ ले प्रिक्वार्टर फाइनलमा नेपाल पुलिस क्लबलाई २–० ले र क्वार्टर फाइनलमा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।
त्यस्तै, एपिएफले सिधै क्वार्टर फाइनल खेल्दै भुटानको रोयल थिम्पु कलेजमाथि शानदार जित दर्ता गरेको थियो । भुटानलाई ४–१ गोल अन्तरले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको थियो ।

यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ