एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज अन्तिम सेमिफाइनल खेल हँदै

बिर्तामोड, फागुन २ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले अन्तिम सेमिफाइनल खेलमा मछिन्द्र फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे जारी राष्ट्रिय लिगमा तेस्रो स्थानमा रहेको मछिन्द्रले पाँचौँ स्थानमा रहेको आर्मीसँग फाइनल प्रवेशका लागि खेल्दैछ । आजको खेल जित्नेले कम्तिमा सात लाख ५० हजार रुपैयाँ सुरक्षित गर्नेछ । अनुभवी झापाली प्रशिक्षक प्रवेश कटुवालको प्रशिक्षणमा रहेको मछिन्द्रमा झापाका खेलाडी सहित राष्ट्रिय टोलीका सदस्यहरु रहेका छन् ।

 

सेट टिम रहेको आर्मीसँग केही पुराना र राष्ट्रिय टोलीका युवा खेलाडी रहेका छन् ।आर्मीले प्रिक्वार्टर फाइनलमा झापा गोल्डकपको साविक विजेता चर्च ब्वाइज युनाइटेडलाई ३–० ले र क्वार्टर फाइनलमा पोखराको लालीगुराँस एसोसिएसन नेपाललाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । त्यस्तै, मछिन्द्रले सिधै क्वार्टर फाइनल खेल्दै मलेसियाको एन पेनाङ फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ । त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको