पथरीको येले साम्लो नाइसुम ५०८६ को आय–व्यय सार्वजनिक

नेपाल भारतका २७ प्रतियोगी सहभागी नाइसुममा गायन प्रतियोगिता

पथरी, ५ फागुन / मोरङको पथरी शनिश्चरे–३ स्थित येले मेलामा सम्पन्न येले साम्लो नाइसुम ५०८६ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।

 

मौलिक लिम्बू भाषा, संस्कृति तथा मुन्धुमी गायनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ गत माघ १३ गते येले साम्लो नाइसुम ५०८६ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालनका लागि विभिन्न निकाय, व्यक्ति तथा समुदायबाट नगद तथा गैर–नगद सहयोग प्राप्त भएको थियो।
पथरी शनिश्चरे नगरपालिकाबाट १ लाख, सिक्किम, भारतबाट एकमुष्ट ४० हजार, कुमार सुब्बा (सिक्किम) बाट २५ हजार र स्थानीय सहयोग २५ हजार गरी जम्मा नगद १ लाख ९० हजार संकलन भएको आयोजक समितिले स्पष्ट पारेको छ । सौजन्य/गैर–नगद सहयोग पनि उपलब्ध भएको विज्ञप्ति वताइएको छ । अमेरिका निवासी आयन राईबाट ३ वटा म्युजिक भिडियोका लागि भिडियो तथा फोटो सहयोग, मोरङ निवासी मबिन्द्र नाल्बोबाट ट्रफी सौजन्य, मोरङस्थित आइबीटी इँटा उद्योगबाट साउन्ड सिस्टम तथा स्टेज व्यवस्थापन सौजन्य, दिलमान बेघाबाट प्रतियोगीहरूका लागि खाना तथा बसोबास सहयोग भएको छ । पुरस्कार रकम १ लाख ४६ हजार २ सय ५० (भ्याट कट्टी पश्चात), प्रचार–प्रसार खर्च १० हजार, ब्यानर तथा प्रचार सामग्री ५ हजार, यातायात १० हजार गरी जम्मा व्यय १ लाख ७६ हजार २ सय ५० भएको छ । नाइसुमबाट प्राप्त १३ हजार ७ सय ५० आम्दानी आगामी दिनमा आयोजना गरिने सांस्कृतिक कार्यक्रम, मौलिक कला–संस्कृति संरक्षण तथा संस्थागत गतिविधिहरूमा प्रयोग गरिने चुम्लुङ्का अध्यक्ष किसान सिंह लिम्बुले जनाउनु भयो ।

 

नाइसुममा गायन प्रतियोगिता
मुन्धुमी चुम्लुङ साँस्कृतिक विभाग पथरी शनिश्चरेको आयोजनामा भएको येले साम्लो नाइसुम ५०८६ गायन प्रतियोगितामा पाँचथर मिक्लाजुङका मिलन लिम्बुले उपाधि हात पार्नुभयो । प्रतियोगितामा दिलिप माखिम दोस्रो र लाओती याक्थुमा तेस्रो बन्नुभयो । यसैगरी उत्कृष्ट मुन्धुमी गायनको उपाधि रीता आङ्देम्बेलाई प्रदान गरिएको छ । विजेता, दोस्रो र तेस्रोलाई क्रमशः नगद १ लाख, ५० हजार र २५ हजार प्रदान गरिएको छ । विजेताहरुले म्यूजिक भिडियो रेकर्डिङको अवसर प्राप्त गर्नेछन् । उत्कृष्ट मुन्धुमी गायनतर्फ रीता आङ्देम्बेलाई १५ हजार नगद सहित ट्रफी प्रदान गरिएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि तिल हाङ सुब्बाको हस्तबाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो । नेपाल भारतका विभिन्न स्थानबाट २७ प्रतियोगी कलाकारबाट छनोट प्रक्रिया अन्तर्गत उत्कृष्ट ४ प्रतियोगी फाइनलमा सहभागी भएका थिए ।

 

 

सो कार्यक्रममा सिक्किमका ख्यातिप्राप्त साहित्यकार समाजसेवी सुकवीर ताम्लिङ, बी.एल. साउदेन र लीला तुम्बापो तथा निर्णायकमा कर्मिला आङ्देम्बे, सन्चमान ताम्लिङ, दिपराज नेयोङ्हाङलाई विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो । उहाँहरूलाई वरिष्ठ कलाकार यासेली योङ्हाङको हस्तबाहुलीबाट अभिनन्दन गरिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।