औषधि सेवन गरौ

झापामा हात्ती पाइले विरुद्धको औषधि सेवन :दमकमा ६ पटक बिफल, यो औषधि नखाए हातखुट्टा र अण्डकोष सुनिन सक्ने

दमक/
झापापको दमक नगरपालिकामा शनिबारबाट हात्ती पाइले बिरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । नगर प्रमुख रोमनाथ ओलीले औषधि सेवन गरि यो वर्षको अभियान सुरु गरिएको हो ।
यस प्रकारको अभियान हरेक वर्ष चल्छ । अभियानको उद्धघाटन दमकका प्रतिष्ठत व्यक्तिबाटै गराइन्छ । तर यो अभियानले ११ वर्ष सम्म दमकमा सफलता प्राप्त गर्न सकेको छैन । न्यूनतम ६ पटक अर्थात ६ वर्ष सम्म नियमती सबैले औषधि सेवन गर्ने हो भने यसको जोखिम कम हुने यस सम्बन्धीका जानकारहरु बताउँछन् । यद्यपी दमकमा भने ६ पटक मात्रै होईन यो वर्ष सहित गरेर एघार वर्ष सम्म औषधि खुवाउने अभियान चलीरहेको छ । अर्थात विगत ५ वर्ष देखी दमकमा यो अभियान बिफल हुँदै छ ।
यो पटकपनि हरेक टोल , विद्यालय स्तर सम्मै पुगेर आम नागरिकलाई औषधि खुवाउने अभियान सुरु भएको छ । यो अभियान चैत्र ७ गते सम्म सञ्चालन हुने दमक नगरपाकिलाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिनुभयो ।
जिल्लाभर अभियान सुरु
यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिनुभयो ।
प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताए ।
अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयम्सेवक छ/छ सय परिचालन गरिएको छ भने उनीहरुमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डीइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ । औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्ति रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सरकारले हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो धनराशि खर्चिदै बताउनु भयो ।

झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर पनि बढ्दै गएको छ । सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको सङ्ख्यामा पनि कमी आएको छ । झापामा २०१२ मा जिल्लामा ५५.५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ मा ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क छ ।
स्वास्थ्य कार्यालय झापाले औषधि सेवनलाई शतप्रतिशतमा पुर्‍याउन लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा २९२ मा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् । जसमा हाइड्रोसिल १४६, खुट्टा सुन्निएका १४० र हात र स्तन सुन्निएका छ जना रहेका छन् । गत आव २०७६/०७७ मा जिल्लामा ३५१ मा हात्तीपाइले देखिएको छ । झापामा २४ प्रतिशत सङ्क्रमण दर रहेकोमा अहिले घटेर २.३३ जनामा झरेको छ । हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसले हातखुट्टा सुनिने, अण्डकोष सुनिने गर्दछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु