असुुरक्षीत बन्दै बालिकाहरु

मोरङमा १८ महिने शिशुको हत्या अभियोगमा २ जना पक्राउ

images (1)

 

 

 

 

मोरङ /

मोरङ सुन्दरहरैचाकी १८ महिने शिशुको हत्या अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी सुन्दरहरैंचा-७ की १८ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो।

घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्।

घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो।

सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्।

‘बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो,’ सिटौलाले भने, ‘उपचारका क्रममा शनिबार बिहान मृत्यु भयो।’

उनले बालिकाको अवस्था हेर्दा बलात्कार भएको हुन सक्ने अनुमान रहेको बताए।

यसैबीच मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीका अनुसार प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएको भन्दै आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए।

‘हामीले घटनाको अनुसन्धानपछि गाउँ एरियाबाटै शनिबार राती २ जनालाई नियन्त्रणमा लिएका छौ। केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौ’, जिसीले भने।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित