इलाममा झाडापखाला

इलाममा झाडापखाला फैलियो; स्वास्थ्य समस्या उच्छ जोखिममा

ईलाम/ दिसामा पाइने जीवाणु इकोलाइका कारण इलामको सदरमुकाम इलाममा झाडापखाला फैलिएको पुष्टि भएको छ । इलाम सदरमुकाम र आसपासका क्षेत्रका बालबालिकासहित ठूला व्यक्तिहरुलाई लगातार बान्ता हुने, पेट ढुस्स हुने र झाडापखाला लाग्नेजस्ता लक्षण देखिएको छ ।

बिरामी पर्नेमा धेरैजसो बालबालिका छन् । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार झाडापखालाका बिरामी बिस्तारै कम हुँदै गएका छन् । अहिलेसम्म गम्भीर बिरामी नपरेकाले उपचारमा पनि समस्या नभएको उहाँले बताउनुभयो ।

झाडापखाला फैलिएपछि पिउने पानीको नमुना परीक्षण गर्दा पानीमा दिसामा पाइने जीवाणु इकोलाइ भेटिएको शाक्यले बताउनुभयो । मुहानको पानीमा नै इकोलाइ जीवाणु भेटिएपछि त्यो मुहानको पानी नखान इलाम नगरपालिकाका बासिन्दालाई आग्रह गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।