हल्ला रहित होली

शान्तमय होलीले दिएको सद्धभाव कस्तो?

दमक, १९ फागुन । के तपाईले होली खेल्नु भयो। खेल्न त खेल्नु भयो होला तर यो पटकको होली खल्लो चाहिँ भयो होला । घर परिवारमा मात्र सिमित यो पटकको होलीले बजारमा हल्ला गराएन । हल्लारहित होली झापाको दमकमा कस्तो रहयो ।

यो महोल हेर्दा र सुन्दा यो त आजको हैन,
यो वर्षको नी हैन भन्ने तपाईलाई पक्कै लाग्यो ।
हो यो भिड अनेव यो रोमान्चक माहोल यो पटकको हैन । अघिल्लो वर्षको हो ।
यो वर्ष यस्तो कहि भएन, केही रमाईला कार्यक्रम भएन्न । किन किनकी यो पटक देश होलीको हल्लामा रमाउने भन्दा पनि चुनावको चिन्तन गरि रहेको छ । जसले गर्दा होली हल्ला रहित भयो ।

सुनसान सडक, कहि तडकबडक कहि छैन । न भिड, न डिजे साउन्ड । छ त केवल सडक भरी सुरक्षाकर्मी, छ त केवल आ आफ्नै काममा ब्यस्त मानिस । झापा दमकको सडकमा मंगलबार देखिएको दृश्य हो यो । यहाँ होलीको खास रौनक देखिएन ।

 

दमक ८ निवासी सुवोध चम्लाई दमक चोकमा भेटिनु भयो । दिनको करिव डेढ बजेको समयमा भेटिनुभएका चम्लाईगाई अघिल्ला वर्ष साथी सहित समुहमा होली मनाउने गर्नुहुन्थ्यो । तर यो पटक सिमित साथी र परिवारका साथमा होली मनाएको उहाले सुनाउनुभयो ।

 

असत्यमाथि सत्यको विजयको प्रतीक मानिने होली यो पटक नेपालमा नया सत्य र अर्को असत्यलाई पराजय गर्ने वाला छ । यो तथ्य होली किम्बदन्तीमा उल्लेख भएकोले मात्र हैन । यो तथ्यलाई पुष्टि गर्नेवाला छ आसन्न निर्वाचनले । फागुन २१ गते हुने निर्वाचनकालागी अहिले मौन अबधी छ । यो समयमा मतदाता र उम्मेदवार सबै मौन बस्ने समय हो । चिन्तन गरि असल उम्मेदवार छान्ने बारेमा सोचबिचार गर्ने बेला हो । त्यसैले यो वर्ष होली मनाउनेहरुमा होलीको उत्साह भन्दा पनि चुनावबारे नै चिन्तन गरेको भेटियो ।

 

दमक ५ मा अस्मीता लिम्बु,सुशीला राई र प्रियांका राई घरमै होली खेलिरहनु भएको थियो । सरकारले जारी गरेको नियमको पालना गर्दै घरमै बसी होली मनाईरहिएको अस्मिता लिम्बुको भनाई छ ।

 

फागुन २१ गते हुने प्रतिनिधि सभाको आसन्न निर्वाचन नजिकिँदै गर्दा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। प्रशासनको आग्रहअनुसार यस वर्षको होली पनि शान्तिपूर्ण र संयमित रूपमा मनाइएको छ। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने नागरिकहरूलाई उत्सव मनाउँदा कानुन र सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरिएको छ। निर्वाचनको माहोल बीच पनि सद्भाव र जिम्मेवारीका साथ होली पर्व मनाइएकोे छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,