अवको बालेन सरकारबाट नागरीकका यस्ता अपेक्षा

हेर्दा सामान्य, तर कार्यान्वायन कत्तीको जटिल?

 

दम, २५ फागुन । नेपालको राजनीतिमा आज एउटा असाधारण दृश्य देखिएको छ।तीन वर्षअघि जन्मिएको एउटा पार्टी अहिले देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्ति बन्ने अवस्थामा पुगेको छ। त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टि ।सामान्य बहुमत मात्र होइन, दुई तिहाइ नजिकको जनमत। यो परिणाम केवल एउटा पार्टीको जित होइन।

 

यो तीन दशक पुरानो राजनीतिक संरचनाविरुद्ध जनताले दिएको कडा फैसला हो।अब प्रश्न यस्तो छ।अब बन्ने सरकार ,सिर्फ नयाँ अनुहारको सरकार हुनेछ

किनेपालको राजनीतिक संस्कार नै बदल्ने सरकार?यो चुनावले एउटा कुरा स्पष्ट गरेको छ।जनताले पुराना दललाई केवल पराजित गरेका छैनन्,

उनीहरूलाई राजनीतिक रूपमा अस्वीकार गरेका छन्।

 

  • · भ्रष्टाचार
  • · अस्थिर सरकार
  • · आर्थिक निराशा
  • · विदेश पलायन

यी सबैको विरुद्धमा नागरिकले मतदान गरेका छन्।त्यसैले अहिले आएको जनमत उत्साहको लहर होइन।

यो सञ्चित आक्रोशको विस्फोट हो।अब सुरु भयो वास्तविक परीक्षा चुनाव जित्नु एउटा कुरा हो।देश चलाउनु अर्कै कुरा हो।यदि वास्तवमै दुई तिहाइ शक्ति प्राप्त भयो भनेअब सरकारसँग कुनै बहाना रहने छैन।

अब भन्न पाइँदैनः

  • गठबन्धनले काम गर्न दिएन
  • संसदले रोकेर बस्यो
  • अर्को दलले अवरोध गर्यो

किनकि अब सत्ता, संसद र निर्णय क्षमता सबै एउटै ठाउँमा केन्द्रित हुनेछ।

करारपत्रको परीक्षा

निर्वाचनका बेला रास्वपाले एउटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गरेको थियो।“नागरिक करारपत्र”यो साधारण घोषणापत्र होइन।यो जनतासँग गरिएको प्रत्यक्ष सम्झौता हो। त्यसमा उल्लेख गरिएका केही ठूला प्रतिबद्धता यस्ता छन्ः

  • भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
  • राज्य संयन्त्रको डिजिटल सुधार
  • रोजगारी सिर्जना
  • आर्थिक संरचनाको रूपान्तरण

अब देशले हेर्ने कुरा एउटै हो।यो करारपत्र कागजमै सीमित रहनेछ कि शासनको रोडम्याप बन्नेछ ? हेर्न जनता अतुर छन्‌

बाईट, यो पनि हिजो वा अस्ति किजङले ल्याएको बाईट मध्ये कुनै ।सबैभन्दा ठूलो खतरा नयाँ शक्तिहरूको इतिहास नेपालमा राम्रो छैन। जितेपछि भित्रैबाट फुट्नेअहंकार बढ्नेनेतृत्व संघर्ष सुरु हुने राजनीतिक इतिहासले बारम्बार यही देखाएको छ।यदि यही गल्ती दोहोरियो भनेदुई तिहाइ बहुमत पनिपाँच वर्ष टिक्दैन।त्यसैले अब यो पार्टीलेव्यक्तिमा होइनप्रणालीमा आधारित राजनीति निर्माण गर्नुपर्छ।

नागरिकको अपेक्षा धेरै ठूलो देखिए पनिउनीहरूको माग वास्तवमा साधारण छ। ती क्षेत्रमा परिणाम देखिनुपर्छ।

  • पहिलो भ्रष्टाचार नियन्त्रण
  • दोस्रो रोजगारी सिर्जना
  • तेस्रो सरकारी सेवा सुधार

यदि नागरिकले महसुस गरुन कि राज्य प्रणाली बदलिँदैछ त्यो नै सबैभन्दा ठूलो राजनीतिक उपलब्धि हुनेछ। नेपालको राजनीतिमा यस्तो अवसर बारम्बार आउँदैन।

जनताले एउटा नयाँ शक्तिलाई अविश्वसनीय विश्वास दिएका छन्। अब प्रश्न एउटै छ।

के यो सरकार सिर्फ अर्को सरकार बन्नेछ? कि नेपालको राजनीतिक इतिहास बदल्ने सरकार बन्नेछ?

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले