‘के साँच्चिकै बजारमा ग्यास अभाव भएको हो ?’

“हिजोसम्म एउटा सिलिन्डर मात्र प्रयोग गर्नेले अहिले तीनवटासम्म एकैपटक लैजान थालेपछि बजारमा खपत बढेको हो। तर ग्यास आपूर्ति भने रोकिएको छैन,”

दमक, ३० फागुन। पछिल्ला केही दिनदेखि बजारमा खाना पकाउने ग्यास अभाव भएको चर्चा फैलिँदै गएको छ। दमकसहित झापाका विभिन्न स्थानमा उपभोक्ताहरू ग्यास खोज्दै डिलर र पसल धाइरहेको अवस्था देखिएको छ। कतिपय पसलमा ग्यास सकिएको भन्दै फर्काइने गरेकोले उपभोक्तामा थप अन्योल र चिन्ता बढेको छ।

 

साना पसल तथा खुद्रा विक्रेताहरूले ग्यास उपलब्ध गराउन नसक्दा उनीहरू डिलरबाट ग्यास नआएको बताउने गरेका छन्। यता डिलरहरूले भने उद्योगबाट नै ग्यास नआएको प्रतिक्रिया दिने गरेका कारण उपभोक्तामा बजारमा साँच्चिकै ग्यास अभाव भएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

 

यसै विषयमा झापा क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने कन्काई ग्यास उद्योगका प्रबन्धक रोहित दाहालसँग उज्यालो खबरले सम्पर्क गरेको थियो। ग्यास अभावबारे राखिएको प्रश्नमा दाहालले बजारमा वास्तविक रूपमा ग्यास अभाव नभएको स्पष्ट गर्नुभयो।

 

उहाँका अनुसार उद्योगबाट नियमित रूपमा डिलरहरूलाई ग्यास आपूर्ति भइरहेको छ। “बजारमा ग्यास अभाव भएको भन्ने कुरा सत्य होइन, हामीले डिलरहरूलाई नियमित रूपमा ग्यास पठाइरहेका छौँ,” दाहालले भन्नुभयो।

 

ग्यासको अभाव भएको जस्तो देखिनुको कारणबारे उहाँले सामाजिक सञ्जालमा फैलिएको गलत हल्लालाई मुख्य कारण बताउनुभयो। सामाजिक सञ्जालमा ग्यास अभाव हुने हल्ला फैलिएपछि धेरै उपभोक्ता एकैपटक ग्यास किनेर घरमा भण्डारण गर्न थालेको उहाँको भनाइ छ।

 

दाहालका अनुसार सामान्य अवस्थामा एउटा परिवारले एक सिलिन्डर ग्यास मात्र प्रयोग गर्ने गरेकोमा अहिले कतिपय उपभोक्ताले दुईदेखि तीनवटा सिलिन्डरसम्म एकैपटक किनेर घरमा राख्न थालेपछि बजारमा माग अचानक बढेको छ। यही कारणले केही स्थानमा अस्थायी रूपमा ग्यास सकिएको जस्तो देखिएको हो।

 

“हिजोसम्म एउटा सिलिन्डर मात्र प्रयोग गर्नेले अहिले तीनवटासम्म एकैपटक लैजान थालेपछि बजारमा खपत बढेको हो। तर ग्यास आपूर्ति भने रोकिएको छैन,” उहाँले भन्नुभयो।

 

उज्यालो खबरसँगको टेलिफोन संवादमा दाहालले उपभोक्तालाई हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो। उहाँका अनुसार भारतबाट आउने ग्यास नियमित रूपमा नेपाल भित्रिँदै आएको छ र त्यसलाई उद्योगले प्याकेजिङ तथा ब्रान्डिङ गरेर डिलरमार्फत बजारमा वितरण गरिरहेको छ।

 

“कसैले पनि अनावश्यक रूपमा ग्यास भण्डारण गर्न आवश्यक छैन। ग्यासको आपूर्ति नियमित छ, त्यसैले उपभोक्ताले आत्तिनु पर्ने अवस्था छैन,” दाहालले स्पष्ट पार्नुभयो।

 

उद्योग पक्षले ग्यास आपूर्ति नियमित रहेको बताएपछि बजारमा फैलिएको अभावको चर्चा मुख्यतः हल्ला र अत्यधिक खरिदका कारण देखिएको अवस्था रहेको बुझिएको छ। त्यसैले सम्बन्धित पक्षले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा स्टक नगर्न आग्रह गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८