विश्व ऊर्जा संकट टार्ने ट्रम्पको रणनिती कस्तो ?

दमक | २ चैत्र । मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व ऊर्जा बजार प्रभावित बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ढुवानी सुरक्षित गर्न विश्व शक्तिलाई सहयोग गर्न आह्वान गरेका छन्। खाडी क्षेत्रको महत्वपूर्ण समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा तनाव बढेपछि विश्वभर इन्धन आपूर्ति प्रभावित भएको छ।

इरानले अमेरिका र इजरायलसँगको युद्धको प्रतिक्रियास्वरूप उक्त जलमार्ग हुँदै तेल ट्याङ्करको आवतजावतमा अवरोध लगाएपछि विश्व बजारमा इन्धनको मूल्य करिब ४० प्रतिशतसम्म बढेको बताइएको छ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलगायत देशलाई तेल ट्याङ्कर सुरक्षित रूपमा पार गराउन जहाज पठाउन आग्रह गरेका छन्।

तर इरानले भने अन्य देशहरूलाई द्वन्द्वमा संलग्न नहुन चेतावनी दिएको छ।
इरानका विदेशमन्त्रीले फ्रान्सलाई फोन गर्दै द्वन्द्व झन् विस्तार हुन सक्ने कुनै पनि कदमबाट टाढा रहन आग्रह गरेका छन्।
यता बेन्जामिन नेतान्याहु नेतृत्वको इजरायलमाथि पनि इरानले कडा चेतावनी दिएको छ। इरानको रिभोलुसनरी गाड्र्सले नेतन्याहूलाई अपराधी घोषणा गर्दै कारबाही गर्ने चेतावनी दिएको छ।

मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व ऊर्जा बजारमा अझै उतारचढाव हुने सम्भावना रहेको विश्लेषण गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही