निल डेभिडको उद्धघाटन

दमकमा दोस्रो निल डेभिडको उद्धघाटन(भिडियो सहित)

दमक/
दमकमा दोस्रो शाखाको रुपमा निल डेभिडको उद्धघाटन गरिएको छ । दमक ६ स्थित दमक मलमा सोमबारदेखी निल डेभिड दमकको औपचारिक सुभारम्भ भएको छ । यसका सस्थापक निल डेभिड कट्वालको उपस्थितीमा औपचारिक कार्यक्रमको आयोजना गरि उद्धघाटन गरिएको छ । कट्वालका साथमा दमक उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, लायन्स क्लवको एरिया १२५ ए वानका लिडर ज्ञानपाथ पौडेल लगयात दमकका प्रतिष्ठित व्यवसायी तथा सामाजीक व्यक्तिहरुको उपस्थितीमा निल डेभिड दमक मलको उद्धघाटन गरिएको हो ।

उर्लाबारी निवासी प्रकाश थापाले सञ्चालनमा ल्याएको निल डेभिड दमक मलमा कपाल काट्ने मात्रै नभएर सौन्दर्यका सम्पूणर् सेवाका साथै यस सम्बन्धीका तालिमहरु पनि यहाँबाट सञ्चालन हुने छन् ।

नेपालमा कपाल काट्ने पेषालाई तराईबासी वा भारतबाट आयातीत नागरिकले मात्रै गर्नु पर्छ भन्ने सोचलाई बदल्न निल डेभिड स्थपाना भएको सस्थापक कट्वालले जानकारी दिनुभयो । अहिले यो नेपालमा मात्र नभएर भारतमा पनि कपाल काट्ने र सौन्दर्य सम्बन्धीको सेवामा छुट्टै पहिचान पनि बनीसकेको उहाँले बताउनु भयो ।

पहाडी समुदायले पनि यो पेषा गर्न सक्ने र यहाँबाट मनग्गे आम्दानी गर्न सकिने उदाहरण बनेको सस्थापक फाउण्डरको भनाई छ । अहिले नेपाल र भारत गरि ७२ वटा शाखा बिस्तार गरिसकेकोले अधिकासंसमा काम गर्नेहरुमा पहाडी समुदायका यूवा पुस्तालाई नै सहभागी गराइएको दावि पनि कट्वालको छ ।

आम्दानीको राम्रो श्रोत हुने भएकोले निल डेभिडमा कपाल काट्नेका साथै सौन्दर्य सम्बन्धीको तालिमहरु लिन आउनेहरु पनि बढिरहेका छन् । यहाँबाट उत्पादन भएकाहरुलाई नेपालका बिभिन्न ठाउँमा स्थापीत गराउनुका साथै विदेशमा समेत राम्रो रोजगार मिलेको छ ।
निल डेभिड दमक मलमा पनि यस सम्बन्धीका विभिन्न तालिमहरु सञ्चान भइरहेका छन् । यहाँबाट उत्पादन भएकाहरु प्रशिक्षार्थीलाई यहि काम गर्ने भएपनि रोजगार दिने र अन्त बाहिर गएर गर्छु भन्दा पनि अवसर देखाइदिने सम्मको काम गरिरहिएको निल डेभिड दमक मलका सञ्चालक प्रकाश थापाले बताउनु भयो ।

भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले