आरआरएनको परियोजना समीक्षा सम्पन्न

उर्लाबारी,१२ चैत । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)द्वारा सञ्चालित “जलवायुजन्य विपद् तथा जोखिमप्रति समुदायको उत्थानशीलता सुदृढीकरण परियोजना”को समीक्षा कार्यक्रम उर्लाबारी–४ स्थित बशिष्ठ पार्टी प्यालेसमा सम्पन्न भएको छ।

 

साप्लानिरको आर्थिक तथा प्राविधिक सहयोगमा तीन वर्षदेखि सञ्चालनमा रहेको उक्त परियोजनाको लेखाजोखा तथा सामाजिक परीक्षण कार्यक्रममा विगतमा सम्पन्न कामहरूको तस्बिर अवलोकन गराइएको थियो। संस्थाले उर्लाबारी वडा नम्बर २ र ३ मा सञ्चालन गर्दै आएको परियोजना अन्तिम चरणमा पुगेको छ । कार्यक्रममा सहभागीहरूले परियोजनाले समुदायमा ल्याएको परिवर्तनप्रति उत्साह व्यक्त गरेका थिए।

 

शिक्षक तथा टंक प्रसाद दाहाल, दुर्गा देवी घिमिरे,सर्व साधारण सहभागीहरूले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन, विपद् सम्बन्धी थप जनचेतना फैलाउन तथा शिक्षा सुधारमा ध्यान दिन सुझाव दिएका थिए। कार्यक्रममा स्थानीयले अग्र्यानिक कृषि उपजका स्टलसमेत राखेका थिए। उनीहरूले परियोजनाले आयआर्जनमा टेवा पु¥याएको र विपद् व्यवस्थापनका व्यवहारिक सीप सिकाएको बताएका थिए।

 

कार्यक्रममा १० वटा सामुदायिक विपद् व्यवस्थापन समितिका ५० जना प्रतिनिधि तथा अन्य सरोकार वालाहरूको सहभागिता रहेको थियो। परियोजना संयोजक प्रबेश कार्कीले सामाजिक परीक्षण र सामाजिक लेखाजोखाबारे जानकारी गराउँदै परियोजनाको करिब ८० प्रतिशत उपलब्धि हासिल भएको छ।

 

उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगा प्रसाद खरेलले तेली खोलाको तटबन्धन, कृषकलाई आत्मनिर्भर बनाउने प्रयास, माटो सुधार तथा उत्पादन वृद्धि साथै सामाजिक सद्भाव विकासमा परियोजनाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

उपप्रमुख मीना खतिवडा पौडेलले बालुवा व्यवस्थापन, सोल्टी र राम्री खोलाको संरक्षणमा नगरपालिकाले पहल गर्ने र उत्पादनको बजारीकरणमा समन्वय गर्ने बताइन्। साथै, दिगो विकासको अवधारणालाई अघि बढाउँदै अन्य मानव विकासका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । परियोजनाअन्तर्गत करिब २४ करोड ५७ लाख रुपैयाँ खर्च भएको जनाइएको छ। यस अवधिमा कृषि सुधार, विपद् पूर्वतयारी, मर्मतसम्भार, जीविकोपार्जनमा सहयोग तथा स्वास्थ्य सचेतना अभियान सञ्चालन गरिएको थियो।

कार्यक्रमकी सभापति तथा संस्थाकि केन्द्रीय व्यवस्थापक लक्ष्मी कार्कीले स्थानीय तह र समुदायबाट पूर्ण सहयोग प्राप्त भएको उल्लेख गर्दै जापानी टोलीको सर्वेक्षणपछि तेली खोला तटबन्धन कार्य गरिएको जानकारी दिनुभयो । संस्थाले परियोजनालाई अब स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख गंगा प्रसाद खरेल, विशिष्ट अतिथि उपप्रमुख मीना देवी खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ता, इलाका
प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन ओली लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम संस्थाकी केन्द्रीय व्यवस्थापक लक्ष्मी कार्कीको सभापतित्वमा सम्पन्न भएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको