नोबेल अस्पतालमा उपचार

भोजपुरमा घट्यो अचमको घटना एक युवाले ‘बक्कल’ र सिक्री निली आत्महत्या गर्ने प्रयास

 

 

 

 

विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो।

परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए। घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो। विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए।

डा.शाहका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने आमाशयमा सिक्री थियो। मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो। आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो। पेटको शल्यक्रिया तथा क्यान्सर सम्बन्धि चिकित्सक डा.शाह, डा.मोहन खड्कासहितको टोलीले वक्कल निकालेर विरामीलाई जोखिममुक्त बनाएको हो।

विना चिरफार बक्कल र सिक्री निकालिएपछि अहिले ती युवाको स्वास्थ्य अवस्था सामान्य छ। स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको