४०० रूपैयाँ प्रतिकिलोमा पनि बिक्री भएन कुरिलो

कोरोनाको सङ्क्रमणदर घटेसँगै कुरिलो बिक्रीदर घटेको छ

 

 

कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ। त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् ।

जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए। त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन्। दमक नगरपालिका–३ मा योङहाङ एग्रो फार्म प्रालिले दैनिक जसो ५० किलो बढी कुरिलोको टुसा उत्पादन गर्दै आएको छ। कोभिडको सङ्क्रमण घटेसँगै कुरिलोको टुसा बजारमा बिक्री हुन छाडेको प्रालिका सञ्चालक नारायण योङहाङले बताए।

 

‘कोरोनाकालमा थोरै मान्छेले कुरिलोको महत्व बुझें र यसको प्रयोग गरे’, उनले भने, ‘अरू तरकारीको तुलनामा महँगो हुने र सर्वसाधारणले अझै पनि यसको गुण र महत्वका बारेमा राम्रो जानकारी नभएको कारण बिक्री हुन छाड्यो।’ योङहाङ र याम भण्डारीको संयुक्त लगानीमा १० कठ्ठामा सुरू गरेको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरू गरेको थियो। सुरूका दिनमा प्रतिकिलो एक हजार ४०० मा बिक्री गरेको कुरिलो हाल थोक मूल्य रु ४०० ले बिक्री गरिरहेको किसानको भनाइ छ।

योङहाङले दैनिकजसो उत्पादन हुने कुरिलो स्थानीय बजारमा मात्र खपत नहुँदा र जिल्ला बाहिर बजारको विस्तार गर्न नसक्दा समस्या उत्पन्न भएको बताए। उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभइ पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत जैविक हुने भए पनि अन्य तरकारीको तुलनामा महँगो हुँदा उपभोक्ता खासै आकर्षित नभएको बताए।

उनले मेहनत गरेर उत्पादन गरेको कुरिलोको टुसा नाश हुन नदिनका लागि सस्तो दरमा बजारमा बिक्री गर्ने योजना बनाइरहेको जानकारी दिए। ‘खेर जान दिनुभन्दा त सस्तो मूल्यमा बिक्री गरे पनि थोरै आम्दानी त हुन्छ’, उनले भने, ‘निराश छैनौं बजारको खोजीमा छौं, कुरिलोको गुण र महत्वका बारेमा पनि उपभोक्तालाई जानकारी गराइरहेका छौं।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कर्मचारीतन्त्रलाई तर्साएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड

काठमाडौं , भदौ २०। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको