नेतृत्वमा महिला

स्थानियतह निर्वाचन : महिला जनप्रतिनिधीको वडाध्यक्ष र प्रमुख पदमा उम्मेद्वारी सुरक्षीत गराउन माग

दमक/
दमक नगरपालिका वडा नं ६ कि दलित महिला सदस्य कमला खातीलाई चुनावमा म पनि उम्मेदवार हुन्छु र चुनाव जित्छु भन्ने जस्तो लागेकै थिएन । पारिवारका सदस्य राजनैतिक पृष्ठभूमिको नभएका कारणले गर्दा उहाँले जनप्रतिनिधी बन्ने कुरा सपनामा पनि सोच्नु भएको थिएन । तर स्थानीय तह निर्वाचन ऐन २०७३ जारी गर्दा महिला र दलित महिला उम्मेद्वारको अनिवार्यता जारि भएपछि भने खाती वडाको सदस्य बन्ने मौका पाउनु भयो ।

तर उहाँलाई वडा सदस्य बनेपछि आफुले के गर्नु पर्छ भन्ने कुराको कुनै जानकारी थिएन । उहाँ निर्वाचित हुनु भएको दल नेकपा एमालेले पनि उहाँलाई यसबारेमा पर्याप्त प्रशिक्षण दिएन । अन्यौलकै बिच उहाँको २ वर्षको कार्यकाल सकियो । तर अहिले उहाँ आफ्नो काम , कर्तव्य मात्र जान्ने हुनु भएको छैन । अवको मेरो अधिकार के सम्मको हो भन्ने पनि स्पष्ट हुनुभयो ।

राजनितीमा पूरुषको मात्रै हावि हुन्छ । नेतृत्वमा महिलालाई कमै मौका दिइन्छ । पारिवारिक पृष्ठभूमि राजनितीकै भएपनि दमक नगरपालिका वडा नं २ कि महिला सदस्य भक्ता देवि दाहालले नेतृत्वमा पुग्ने अवसर पाउनु भएको थिएन । अघिल्लो पटकको चुनावमा उहाँलाई वडाको महिला सदस्य कोटाबाट नेकपा एमालेले उम्मेद्वार बनायो । परिणाममा उहाँले जीत्नु पनि भयो ।

तर जीतेर गएपछि के गर्ने, आफ्नो क्षेत्रको समस्यालाई कसरी समेट्ने भन्नेबारेमा उहाँसँग पर्याप्त ज्ञानको भने अभाव भयो । यस्तो समस्या थाह पाएपछि दमकमा ३ वर्ष अघी सि लिड्स परियोजना अर्थात नेतृत्वमा महिला कार्यक्रम सञ्चालनमा आयो । यो कार्यक्रमले महिला सदस्य र दलित महिला सदस्यहरुलाई तालिम दियो । चरणवद्ध लिइएको तालिमबाट अहिले आफ्नो जिम्मेवारी बुझेको दाहालको अनुभव छ ।

महिला र दलित महिलाको मुद्धा त्यहि समुदाय र प्रतिनिधीबाट आउँदा वास्तविक आउने विस्वासका कारणले गर्दा संसिवधानले नै जनप्रतिनिधीको उम्मेद्वार बनाउँदा महिलालई अनिवार्य गर्योे । तर बिना प्रशिक्षणका महिला तथा दलित महिला सदस्यहरुले आफुले उठाउनु पर्ने मुद्धापनि उठाउन सकेनन् । संविधानले गरेको परिकल्पना पु्रा नभएपछि ती जनप्रतिनिधीलाई प्रशिक्षण दिइयो । सि डि डब्लु एन अर्थात दलित महिला केन्द्र नेपाले शी लिड्स (महिला नेतृत्व विकास) कार्यक्रम झापाका ५ वटा पालिकामा चरणवद्ध रुपमा कार्यक्रम गर्यो ।

यसले अव अघिल्लो चुनावमा जस्तो महिला जनप्रतिनिधी छान्न दलहरुमा देखीएको अन्यौलता हटेको छ । आगामी स्थानीय तहको चुनावमा महिला उम्मेद्वारीका लागि ३३ प्रतिशत मात्र होईन त्यो भन्दा बढी सहभागी हुन र गराउन महिला आफै सक्षम बनेको दावी सि लिड्स परियोजनाका मुख्य प्रशिक्षक सोमराज ढकालले बताउनु भयो ।

त्यसैले दमकका महिला जनप्रतिनिधीले आगामी निर्वाचनमा महिला उम्मेदवारको संख्या बृद्धि गराइदिन यहाँका मुख्य राजनैतिक दलहरुलाई माग गरेका छन् । उनीहरुले आफ्ना मागहरु नेकपा एमाले दमक नगर कमिटीका उप सचिव सन्तोष दुलाल, नेपाली काग्रेस दमक नगर समितीका सचिव दिपेश दाहाल र माओवादि केन्द्र दमक नगर कमिटीको सचिवालय सचिव शान्तीराम भट्टराईलाई लिखित रुपमै राखेका छन् ।

माग पत्र बुझ्दै तीनदलकै प्रतिनिधीहरुले पार्टिमा मागबारेमा छलफल गर्ने बताएका थीए । मंगलबार दमक स्थित एक होटलमा भएको कार्यक्रममा बोल्दै नेपाली काग्रेस दमक नगर समितीका सचिव दिपेश दाहालले पार्टिको आगामी बैठकमा यसलाई एजेण्डा बनाएर छलफल गराउने र सके सम्म महिला उम्मेद्वार बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको

पहिरोले घर पुरिएको ११ दिन पछि महिलाको जीवितै उद्धार

नुवाकोट,२० भदौ । नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ। उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्द्रिका

त्रिशूली बाढीले बगाएको नुवाकोटको बेलिब्रिज जडान तीव्र, त्रिशूलीमाथि तुइन पनि राख्दै सेना

 काठमाडौं , २० भदौ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको

‘हामीलाई दया होइन, जलवायु न्याय चाहिन्छ’ : राष्ट्रसङ्घमा बालेनले उठाउनुपर्ने आवाज

काठमाडौँ , भदौ २०। हामी अहिले पीडामा छौँ। यति ठूलो पीडामा छौँ कि यसपटक नेपालका पहाडहरूबाट बगेको पानीले केवल नदीका किनाराहरू मात्र छोएको छैन। यसले

दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै