चैत २५ बाट चुलाचुलीमा तिनकुने पर्यटन महोत्सव हुने

चुलाचुली गाउँपालिकाको पहिलो पर्यटन घोषित क्षेत्रमा पर्छ, ‘तिनकुने पोखरी सिमसार क्षेत्र’ ।

दमक, २४ चैत / इलामको दक्षिणी चुलाचुली गाउँपालिका हरेक बर्ष महोत्सवमय बन्दै आएको अवस्थामा चुलाचुली २ मा चैत २५ बाट बैशाख १ सम्म तिनकुने पर्यटन महोत्सव हुने भएको छ ।

 

कलाको उर्वर भूमि मानिने चुलाचुली गाउँपालिकामा कहिले नाट्य महोत्सव, कहिले धार्मिक तथा संस्कृतिक महोत्सव हुने गरेता पनि यस पटक भने पर्यटन महोत्सवको आयोजना हुने भएको हो । ‘चुलाचुलीको पहिचान, पर्यटनको अभियान’ नाराको साथ तिनकुने पोखरी पर्यटन क्षेत्रको आयोजनामा मोरङ्गे झोडा तिनकुने पोखरीको खुल्ला मैदानमा सात दिन महोत्सव संचालन हुने कार्यक्रम संयोजक नगिन्द्र श्रेष्ठले जनाउनु थियो ।
आन्तरिक पर्यटकहरुलाई स्थानीय कला, संस्कृति, हस्तकला सीप, स्थानीयद्धारा उत्पादन, रैथाने खानपान प्राकृतिक पर्यटनको पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो ।

 

महोत्सवमा नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त गायक राजेशपायल राई, रैथाने स्वरकाधनी शैल लिम्बु, पुजा लामा, पदम राई र एलिना चौहानका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने भएको छ । मनोरञ्जनमा विभिन्न खेल तमासा, साथै साँस्कृतिक कार्यक्रममा साकेला, केलाङ, लाखे नाच, च्याब्रङ नाच, झाकी लगायत प्रर्दशन गरिने भएको छ ।

 

आयोजक समितिका सचिव सेमन्ता खनालले मेला हेर्न आउनेका लागि आन्तरिक पर्यटकहरुलाई २ किलो मिटरको दुरिमा पर्ने चुरे पदयात्रा, तिनकुने पोखरी परिक्रमा, धार्मिक तथा प्राकृतिक सम्पदास्थल अवलोकन गराइने जानकारी गराउनु भयो ।
महोत्सवका लागि करिब १८ लाख खर्च रहने र १० हजार हाराहारीमा अवलोकन गर्न दर्शकहरु आउने आयोजकको अनुमान छ ।

तिनकुने पोखरी सिमसार क्षेत्रको विशेषता :
चुलाचुली गाउँपालिकाको पहिलो पर्यटन घोषित क्षेत्र हो, “तिनकुने पोखरी सिमसार क्षेत्र” । वडा नम्बर २ स्थित मोरङ्गे झोडाको सामुदायिक वनमा करिब ६ बिगाहा क्षेत्रमा तिनकुने आकारमा फैलिएको तिनकुने पोखरी सिमसार क्षेत्र पर्यावरण र पर्यटकीय दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिन्छ ।
२०५२ सालतिर स्थानीय अगुवाहरुले गहिरो खोल्सीलाई बाँध कसेर पानी संचित गर्ने प्रक्रिया सुरु गरी सिंचाई गर्न थालिएको थियो । इलाम जिल्ला प्रशासन कार्यालयमा २०७२ चैत्र २ गते “तिनकुने पोखरी सिमसार क्षेत्र” नाममा दर्ता भएको छ ।

 

पोखरीको संरचनालाई थप परिमार्जन गरेर पर्यटकीय आकर्षण स्थलको रुपमा विकास गरिँदै आएको पाइन्छ । कृषकहरुको लागि सिँचाई गर्ने पानीको स्रोत मानिएको यस सिमसार प्राकृतिक सम्पदाको एउटा हिस्साका साथै चुरे पर्वतको भूगोलको फेदिमा रहेको जैविक विविधता तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण स्थलको रुपमा विकास हुँदै गएको छ ।

 

राष्ट्रिय सिमसार नीति २०५९ अनुसार,सिमसार भन्नाले जलस्रोत वा बर्षाको कारण पानीको परिमाण रहिरहने, प्राकृतिक वा मानव निर्मित स्थायी वा अस्थायी जमेको वा बगेको ताल, पोखरी जलयकार क्षेत्र वा कृषि जमिन समेत जनाउँछ ।

तिनकुने पोखरी कहाँबाट पुगिन्छ ?
समुन्द्री सतहबाट करिब १८५ मिटर उचाईमा रहेकको तिनकुने पोखरी आइपुग्न पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ करिब साढे ५ किलोमिटर दूरीमा पर्दछ । केर्खा बजार, पाडाजुङ्गीबाट उत्तर नर्सरी ग्राभेल बाटोहँुदै मोटर साइकल, सफारी, अट्टो र सानाठूला यातायातका साधनमार्फत सहज यात्राका लागि कालोपत्रे सडक रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने