पथरी शनिश्चरे ३ मा चैत २८ गते दोस्रो संगिनी महोत्सव

लोपोन्मुख अवस्थामा रहेको बालन र नौमति बाजा संरक्षणमा पनि संस्थागत प्रयासमा सो वडावासी सक्रिय रहेका छन्

पथरी, २४ चैत / मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ स्थित संगम चोक पूर्वमा चैत २८ गते दोस्रो संगिनी महोत्सव आयोजना हुने भएको छ ।

 

नेपालमा मौलिक तथा लोपोन्मुख संगिनीको संरक्षणमा लागिपरहेको श्री महिला जागरुक हरिकिर्तन तथा संगिनी समूहको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवले स्थानीय कला, संस्कृति तथा परम्परागत संगिनी नृत्यलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य राखेको संस्था अध्यक्ष देवीमाया पोखरेलले जनाउनु भयो ।

 

कार्यक्रममा विभिन्न स्थानका महिलाहरूको सहभागितामा संगिनी नृत्य, सांस्कृतिक प्रस्तुति तथा भजन–किर्तन प्रस्तुत गरिनेछ । महोत्सवले स्थानीय समुदायबीच आपसी सद्भाव, सांस्कृतिक पहिचान र महिला स–शक्तिकरणलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

 

यसखाले मौलिक संस्कृति संरक्षणमा वडाले सदा साथसहयोग पुर्‍याइरहने पथरी शनिश्चरे ३ का अध्यक्ष विजय लिम्बूले वचनवद्धता व्यक्त गर्नुभयो ।

 

०६२ माघ १८ गते भजन किर्तन गर्न धार्मिक कार्यमा सघाउन रेणुकादेवी काफ्‌ले अध्यक्ष रहेर स्थापना भएको महिला जागरुक हरिकिर्तन समूह २०७६ बाट संङ्गिनी नाचको संरक्षणमा जुट्न थाल्यो । २०८० साउन ३० गते दर्ता नम्बर ४६ मा पथरीशनिश्चरे नगरमा विधिवत दर्ता भएर कार्य गर्दै आएको छ । अर्थात नगरमा पहिलो पटक संगिनी समूह दर्ता भएको छ । महिला जागरुक हरिकिर्तन तथा सङ्गिनी समूहका रुपमा प्रत्येक हप्ताको मंगलबार साँझ संगिनी प्रशिक्षण कार्यक्रम चलाएर युवा पुस्तालाई यसको संरक्षणमा झकझकाएको थियो । संगिनी संरक्षणमा आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्ने मात्र होइन नजिकका विद्यालयमा गई विद्यार्थीलाई पनि संगिनीको महत्व बुझाएर समूह मौलिक संस्कृति संरक्षणको जाँगरिलो उदाहरण बनेको छ ।

 

समूहले ०८१ फागुन १४ गते सम्भवत नेपालकै पहिलो संगिनी महोत्सवका रुपमा प्रथम संगिनी महोत्सव ३ नम्बर वडामै सम्पन्न गरेको थियो ।
लोपोन्मुख अवस्थामा रहेको बालन र नौमति बाजा संरक्षणमा पनि संस्थागत प्रयासमा सो वडावासी सक्रिय रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा