कोशी–बङ्गाल पर्यटन उत्सवः बाँसको जराका सामग्री आकर्षणको केन्द्र

बिर्तामोड, चैत २४ । कोशी पर्यटन वर्ष २०८२ अन्तर्गत झापाको बिर्तामोडमा कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ सुरु भएको छ । मनदेखि मन जोड्ने उद्देश्यले आयोजित महोत्सवमा हस्तकलाका सामग्री आकर्षणको केन्द्र बनेका छन् । त्यसमा पनि झापाको भद्रपुर–८ का हस्तकला व्यवसायी निर्मल शाक्यले बाँसको जराबाट बनाएका हस्तकलाका सामग्री आकर्षक बनेका छन् । उहाँले विभिन्न धार्मिक तथा सजावटी सामग्री निर्माण गर्दै आँउनु भएको छ। करिब १५ वर्षदेखि उहाँले प्राकृतिक रूपमा पाइने बाँसको जरालाई प्रयोग गरी हस्तकलाका आकर्षक सामग्री तयार पार्दै आउनु भएको छ।

 

बाँसको जरालाई सफा गरेर, सुकाएर र त्यसलाई हातैले कुँदेर उनले भगवान गौतम बुद्ध, गणेश लगायत विभिन्न आकृतिका मूर्तिहरू, चराचुरुङ्गी तथा घर सजावटका सामग्री निर्माण गरेका छन् । पूर्ण रूपमा हातैले तयार गरिने यी सामग्रीहरू हेर्दा आकर्षक मात्र नभई नेपाली मौलिक कला र संस्कृतिको झल्को दिने खालका छन् ।

 

शाक्यले निर्माण गरेका सामग्रीहरूमा विभिन्न चराहरू, जनावरहरू, धार्मिक मूर्तिहरू तथा सजावटी आकृतिहरू समावेश छन् । बाँसको जराको प्राकृतिक आकारलाई नै उपयोग गरेर कलात्मक रूपमा कुँद्ने भएकाले प्रत्येक सामग्री फरकफरक र विशेष देखिने गर्दछ । यही कारणले यस्ता हस्तनिर्मित सामग्रीहरू स्थानीय मात्र होइन बाहिरी आगन्तुकका लागि पनि विशेष आकर्षण बन्ने गरेका छन् ।

हाल उहाँले आफ्ना हस्तकलाका सामग्रीहरू आजदेखि सुरु भएको दुई दिने कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन महोत्सवमा प्रदर्शनका लागि ल्याउनु भएको छ । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा सञ्चालन भइरहेको उक्त कार्यक्रममा नेपाल र भारतबाट आएका पर्यटक तथा अतिथिहरूलाई उहाँले आफ्ना सामग्रीहरू देखाउँदै बिक्री वितरण समेत गरिरहेका छन् ।

 

कार्यक्रममा सहभागी भएका धेरै आगन्तुकहरूले बाँसको जराबाट बनेका यस्ता अनौठा र कलात्मक सामग्रीप्रति चासो देखाइरहेका छन् । धेरैले सामग्री नजिकबाट हेर्ने, त्यसबारे जानकारी लिने तथा किन्ने समेत गरिरहेको शाक्यले बताउनु भयो ।
उहाँका अनुसार बाँसको जराबाट सामग्री बनाउन समय, धैर्य र सीप आवश्यक हुन्छ । एउटा सामग्री तयार गर्न कहिलेकाहीँ धेरै समय लाग्ने गर्दछ । तर, मेहनत र लगनशीलताले गर्दा यो कामलाई उहाँले निरन्तरता दिँदै आँउनु भएको छ ।

 

स्थानीयस्तरमै उत्पादन गरिने यस्ता हस्तकलाका सामग्रीहरूले नेपाली कला, संस्कृति र पहिचानलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । साथै, यस्ता कामले स्थानीय सीपलाई जगेर्ना गर्नुका साथै आयआर्जनको माध्यम पनि बन्ने गरेको छ ।

 

स्थानीयस्तरमा उत्पादन हुने यस्ता हस्तकलालाई राज्य तथा सम्बन्धित निकायले प्रवद्र्धन गरेमा नेपाली हस्तकलाले अझ व्यापक पहिचान पाउने अपेक्षा गरिएको छ । उहाँले निर्माण गरेका सामग्री आकर्षकको केन्द्र बनेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारी वर्षापछि सडकको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु

कास्की , १३ भदौ। पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१७ हर्कचोक स्थित

आणविक परीक्षणविरुद्ध विश्वभर जनचेतना फैलाउँदै दिवस मनाइँदै

काठमाडौं , भदौ १३ । आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वमा आणविक

बाढी–पहिरो प्रभावित विभिन्न स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

काठमाडौं , भदौ १३ । नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित भएका ५ वटा जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद्

मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

काठमाडौं,१३ भदौ । भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने

रसुवामा भोटेकोशी बाढीको कहर : ६१६ जनाको शव फेला, २३ सयभन्दा बढीको उद्धार

काठमाडौं , भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।नेपाल प्रहरीले शनिबार बिहान ७ बजे

बाढीपीडितको सहयोगमा त्रिभुवन विश्वविद्यालय, पदाधिकारी र कर्मचारीले उद्धार कोषमा रकम दिने

काठमाडौं , भदौ १३ । त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको