बुट्टाबारीमा वैशाख ५ देखि ‘चौथो ऐनि बुट्टाबारी गोल्ड कप’ सुरु हुने

बिर्तामोड,२५ चैत । झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीमा ’चौथो ऐनि बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’ आगामी २०८३ साल वैशाख ५ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता आयोजनाको तयारीबारे आयोजक बुट्टाबारी युनाइटेड क्लब ले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

 

प्रतियोगितामा भारतको एकसहित नेपालका सात गरी ८ वटा टोली सहभागी हुने क्लबका अध्यक्ष प्रविण राईले जानकारी दिनुभयो। सहभागी टोलीहरूमा आयोजक बुट्टाबारी युनाइटेड, रेडहर्स इलाम, तरञ्जुबारी फुटबल क्लब (सिलिगुढी) भारत, ब्रदर्सहुड क्लब उदयपुर, जलथल एफ.सी. झापा, फेयर फुटबल क्लब धरान–सुनसरी, बेलबारी फुटबल क्लब मोरङ र बगान युथ क्लब कचनकवल रहेका छन्।

 

अध्यक्ष राईका अनुसार प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ। प्रत्येक खेलमा ’म्यान अफ द म्याच’ हुने खेलाडीलाई २ हजार २ सय रुपैया प्रदान गरिनेछ। यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार, तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही नगद १० हजार र ट्रफि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

 

पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड–६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले संयुक्त रूपमा ट्रफी सार्वजनिक गर्नुभएको थियो।

 

त्यसै अवसरमा सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेल वैशाख ५ गते आयोजक बुट्टाबारी युनाइटेड र तरञ्जुबारी फुटबल क्लब (भारत)बीच हुनेछ। वैशाख ६ गते बेलबारी फुटबल क्लब मोरङ र रेडहर्स इलाम, वैशाख ७ गते ब्रदर्सहुड एफसी उदयपुर र जलथल एफसी झापा तथा वैशाख ८ गते फेयर एफसी धरान र बगान युथ क्लब कचनकवलबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते हुने छ। प्रतियोगिताको कुल अनुमानित बजेट २१ लाख ६३ हजार ३ सय ३३ रूपैयाँ रहेको आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष राईले प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। वि.सं. २०७५ सालमा स्थापना भएको बुट्टाबारी युनाइटेड क्लबले “युवा जागरूकता आजको आवश्यकता” भन्ने मूल नारालाई आत्मसात गर्दै युवाहरूको सर्वाङ्गीण विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ।

पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष बाबुराम बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव टिकाराम विष्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा क्लबका सल्लाहकार संयोजक देवी नेपाल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा लगायतले प्रतियोगिताबारे धारणा राख्नुभएको थियो।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमाल कन्दङ्वासहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा झा नियुक्त

काठमाडौं,१७ असार । शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएको शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनु

कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। बुधबार

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयन

काठमान्डौं ,१७ असार । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

काठमान्डौं ,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग,

मेहताको निर्देशन पछि वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमान्डौं ,१७ असार ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार,

देशभरका निजी अस्पतालका लागि सरकारको ठूलो निर्णय! अब अस्पतालभित्रै बन्नेछ आमाहरूका लागि छुट्टै स्तनपान कक्ष

काठमान्डौं ,१७ असार ।सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अब अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता