बालकको मृत्यु

अस्पतालको लापरवाहीले साढे ३ वर्षिय बालकको मृत्यु

hhhh

इटहरी/ अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले इटहरी स्थित महेन्द्र राजमार्गमा प्रदर्शन गरेका छन् ।

इटहरी बरगाछीका साढे ३ वर्षिय सन्देश शाहको मृत्यु इटहरीको एपेक्स अस्पतालको लापरवाहीले भएको आरोप लगाउँदै पीडितले अस्पताल अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले बच्चालाई धेरै पटक सिरिन्ज लगाइएपछि मृत्यु भएको आरोप लगाएका छन् ।

बुधबार बिहानबाट बान्ता भएपछि सन्देशलाई एपेक्स हस्पिटल ल्याइएको थियो । डाक्टरले फुड पोइजनिङ्ग भएको भन्दै उपचार सुरु गरिएको बताएका थिए । तर बिहिबार बिहानै सन्देशको मृत्यु भएपछि परिवार बिरोधमा उत्रिएको हो । बच्चाले बान्ता गरेपछि नर्सले डबल डोज सुई दिएपछि बच्चाको मृत्यु भएको मृतकका बाबुले बताएका छन् ।

बच्चाको अवस्था थप जटिल बनेपछि हस्पिटलले राती २ बजे सन्देशलाई धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लान भनेका थिए । धरान लाने क्रममा बाटोमै बच्चाको मृत्यु भएको परिवारले जानकारी दिएको छ ।

यता अस्पतालले भने लापरवाही नभएको जनाएको छ । बाहिरबाट उपचार गरेर बच्चाको अवस्था झन जटिल भएपछि थप उपचारका लागि एपेक्स हस्पिटल ल्याएको जनाएको छ । डाक्टरले सकेको उपचार गरेर नसकेपछि प्रतिष्ठान पठाएको अस्पतालले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन