दमकको इन्द्रेणी ताल पर्यटकीय गन्तब्य बन्दै

दमक,२८ चैत । झापाको दमक नगरपालिका–१० मा रहेको इन्द्रेणी ताल केही महिना अघिसम्म जलकुम्भी झारले भरिएको, झाडी र फोहोरले ढाकिएको अवस्थामा रहेको थियो । दमकमा यस्तो ताल पनि छ भन्ने कुरा सायदै कमैलाई थाहा थियो । स्थानीय सरकारले बजेट विनियोजन गरी व्यवस्थापन गर्न खोजे पनि दीर्घकालीन र प्रभावकारी व्यवस्थापन हुन सकेको थिएन । तर अहिलेको अवस्था भने बिल्कुलै फरक छ ।

 

हाल तालमा बर्षौंदेखि जमेर रहेको जलकुम्भी झार हटाइएको छ, वरपरको फोहोर र झाडी व्यवस्थापन गरिएको छ र वातावरण सफा तथा आकर्षक बनेको छ । यसका कारण दैनिक सयौँ पर्यटक यहाँ भित्रिने गरेका छन् । दमकमा घुम्ने स्थानको कमी थियो भन्ने गुनासोलाई इन्द्रेणी तालले धेरै हदसम्म पूरा गरिदिएको छ । अहिले दमक मात्र होइन, आसपासका क्षेत्रबाट पनि पर्यटकहरू यहाँ घुम्न आउने गरेका छन् । दिनप्रतिदिन इन्द्रेणी ताल पिकनिक स्पटको केन्द्र बन्दै गएको छ ।

 

तालको मुख्य आकर्षण मोटरेबल बोटिङ हो, जुन स्थानीय रोहित राईले सुरु गर्नु भएको थियो । उहाँले बोटिङ मात्र सञ्चालन गर्नु भएन, ताल र यसको वरपरको क्षेत्रलाई व्यवस्थापन गरी दमककै पहिचान बनाउने काम गर्नु भएको छ। यही तालका कारण हाल ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने करिब १५ वटा साना व्यवसाय सञ्चालनमा आएका छन् । इन्द्रेणी ताल विगतमा प्राकृतिक ताल भने थिएन । यो किसानले सिँचाइका लागि प्रयोग गर्ने बाँध मात्र थियो । पछि ‘यसलाई बाँधमै सीमित नराखी अलि राम्रो बनाऔँ’ भन्ने सोचका साथ यसको नाम इन्द्रेणी ताल राखी विकासको सुरुआत गरिएको हो ।

 

उर्लाबारी–९ कि मिना खवासले बताउनु भएन । दमक मात्र नभई बाहिरी क्षेत्रका पर्यटकहरू पनि यहाँ आउने भएकाले यसको थप विकास र व्यवस्थित व्यवस्थापनमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पहिले यो स्थान भैँसी बाँध्ने र बस्ने ठाउँ मात्र रहेको तर संरक्षण र सौन्दर्यकरणपछि पर्यटनको आकर्षणको केन्द्र बनेको स्थानिय डिकेन्द्र बस्नेतले बताउनु भयो । यसलाई अझ व्यवस्थित बनाउन सके दैनिक हजारौँ पर्यटक आउने उहाँको भनाइ छ ।

 

इन्द्रेणी तालमा अझै पनि धेरै पक्षमा विकास र व्यवस्थापन आवश्यक देखिन्छ । स्थानीय तहमा यत्तिको मनोरञ्जनात्मक स्थान बनेकोमा खुशी व्यक्त गर्दै दमक–१० बिजय धिमालले पिकनिकका लागि आउनेहरूका लागि खानेपानी, विद्युत् लाइन र शौचालयको उचित व्यवस्था नहुँदा केही असहज भएको बताउनु भयो ।

 

यस क्षेत्रको विकास र सौन्दर्यीकरणमा महत्वपूर्ण योगदान पुर्याउदै आएका रोहित राईले यहाँबाट ठूलो नाफा कमाउनेभन्दा पनि समाजसेवाको उदेश्यले लगानी गरेको बताउनु भयो । सामान्य मानिसलाई बोटिङ्ग गर्दा २०० रुपैँया शुल्क लिईन्छ भने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बोटिङ गर्दा २५ रुपैयाँ शुल्क लिइन्छ , अन्य विद्यार्थीलाई १०० रुपैयाँ र ज्येष्ठ नागरिक र अपाङ्गलाई निःशुल्क बोटिङ सेवा उपलब्ध गराइने गरिएको छ । यस क्षेत्रलाई अझ विकसित र व्यवस्थित बनाउने प्रतिबद्धता उहाँको छ ।

 

यसरी एक समय बेवास्तामा परेको सिँचाइ बाँध आज इन्द्रेणी तालका रूपमा दमकको पहिचान बन्न सफल भएको छ । स्थानीयको सक्रियता, व्यक्तिगत लगानी र सामूहिक प्रयासले यो स्थान पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । आवश्यक पूर्वाधार, सरसफाइ र दीर्घकालीन व्यवस्थापनमा स्थानीय सरकारको थप ध्यान पुग्न सके इन्द्रेणी ताल दमक मात्र नभई पूर्वकै पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा स्थानीयको रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने