९२ वर्षको उमेरमा गायिका आशा भोसलेको निधन

मुम्बई,२९ चैत। गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। आइतबार दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उहाँले अन्तिम सास लिइनु भयो। उहाँलाई शनिबार साँझ त्यहाँ भर्ना गरिएको थियो।त्यतिबेला उहाँलाई कार्डियाक अरेस्ट भएको र छातीमा पनि समस्या देखिएको खबर आएको थियो। पछि उहाँकी नातिनी जनाई भोसलेले उहाँलाई केवल थकान र छातीमा समस्या मात्रै रहेको बताँउनु भएको थियो ।

 

आशा भोसलेले आफ्नो करियरमा १२,००० भन्दा बढी गीत गाँउनु भएको छ। उहाँका ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता गीतहरू आज पनि सदाबहार छन्। आशा भोसलेका लागि संगीतको यात्रा त्यति सहज भने थिएन। आशा भोसलेले १४ भन्दा बढी भाषामा गीत गाउनु भएको छ। आशा भोसले चर्चित रंगमञ्च कलाकार तथा शास्त्रीय गायक दीनानाथ मंगेशकरकी छोरी र महान गायिका लता मंगेशकरकी कान्छी बहिनी हुनुन्छ।

 

जब उहाँ केवल ९ वर्षकी हुनुन्थ्यो, त्यतिबेला उहाँका बुवाको निधन भयो। त्यसपछि उहाँले बहिनी लता मंगेशकरसँग मिलेर परिवारलाई सहयोग गर्न गायन सुरू गर्नु भएको छ। १६ वर्षको उमेरमा आशा भोसलेले आफ्नी दिदी लताको ३१ वर्षका सेक्रेटरी गणपतराव भोसलेसँग भागेर विवाह गर्नु भएको थियो। लताजी र उहाँको परिवार यो विवाहको कडा विरोधमा हुनुन्थ्यो। यस कारण लामो समयसम्म उहाँहरूले आशासँग कुरा गर्न छाडनु भएको थियो।

 

लता मंगेशकर र आशा भोसलेले सँगै ‘मैं चली मैं चली’ र ‘मन क्यों बहका रे बहका’ जस्ता ५० भन्दा बढी गीत गाउनु भएको छ्। विवाहपछि आशा भोसलेले धेरै कठिनाइहरूको सामना गर्नुप¥यो र उहाँ घरेलु हिंसाको सिकारसमेत हुनु भयो। उहाँ जीवनबाट यति निराश भइन् कि आफूलाई समाप्त गर्न चाहानु हुन्थ्यो।सन् १९६० मा उनी पहिलो पतिसँग अलग हुनुभयो। जब आशा भोसलेको पहिलो विवाह टुट्यो, उहाँ आफ्ना तीन सन्तान (हेमन्त, वर्षा र आनन्द) सँग परिवारमा फर्किइनु भयो ,तब बिस्तारै दूरी कम हुन थाल्यो।

 

आरडी बर्मनकी आमाले भन्नुभएको थियो्, ‘विवाह मेरो लाशमाथि मात्र हुनेछ।’ आशा भोसलेले दोस्रो विवाह संगीतकार आरडी बर्मनसँग गर्नु भएको थियो। दुवैको पहिलो भेट १९५६ मा भएको थियो। उहाँहरूको गहिरो मित्रता र संगीत यात्रा फिल्म ‘तीसरी मञ्जिल’ (१९६६) को समयमा सुरु भयो। लगातार काम गर्दै जाँदा उहाँहरूको मित्रता बिस्तारै प्रेममा बदलिन थाल्यो। आशा भोसले र आरडी बर्मन (पञ्चम दा) को आफ्नै सन्तान थिएनन्। आरडी बर्मनले एक दिन मौका पाएर आशासमक्ष विवाहको प्रस्ताव राख्नु भएको थियो।

 

आशाले तुरुन्तै स्वीकार गर्नु भयो,तर बर्मनकी आमाले विवाह अस्वीकार गर्नु भयो। उहाँले बर्मनलाई भन्नु भयो, यदि यो विवाह भयो भने मेरो लाशमाथि मात्र हुनेछ। बर्मनकी आमाले अस्वीकार गर्नुको कारण आशा उहाँभन्दा ६ वर्ष जेठी हुनुन्थ्यो र तीन सन्तानकी आमा हुनुन्थ्यो। त्यसपछि बर्मनले चुपचाप आमाको कुरा मान्नु भयो। तर जब बर्मनका पिता एसडी बर्मनको निधन भयो, आमाको मानसिक अवस्था बिग्रियो। आमाको अवस्था सुधारका लागि बर्मनले १९८० मा आशा भोसलेसँग विवाह गर्नु भयो।

 

आशा भोसलेले ५० देखि ९० को दशकसम्म ओपी नैयर, आरडी बर्मन, खय्याम र बप्पी लहरीजस्ता धेरै संगीतकारसँग काम गर्नु भयो। धेरै सदाबहार गीत गाउनु भयो। तर एक समय यस्तो पनि आयो जब यही आवाजलाई खराब भन्दै उहाँलाई रेकर्डिङ स्टुडियोबाट फर्काइएको थियो। आरजे अनमोलसँगको कुराकानीमा आशा भोसलेले खराब आवाज भन्दै उहाँलाई र किशोर कुमारलाई रेकर्डिङ स्टुडियोबाट बाहिर जान भनिएको बताउनु भएको थियो । उहाँले सन् १९४७ मा उहाँ किशोर कुमारसँग जे.बी. रूंगटा को प्रसिद्ध स्टुडियोमा राज कपूर र नरगिस अभिनीत फिल्म ‘जान पहचान’ का लागि गीत रेकर्ड गर्न गएकी बताउनु भएको थियो।यस फिल्मका संगीत निर्देशक खेमचन्द प्रकाश हुनुन्थ्यो।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि