खुसी साटासाट

अनाथ बालबालिकासग होली

दमक/
दमक २ मा रहेको हाम्रो बाल आश्रममा रहेका बालबालिकाले पनि यो वर्षको होली पर्व मनाएका छन । रङहरुको पर्वमा आश्रममा रहेका बालबालिकालाइ न्यास्रो नलागोस , हाम्रो पनि कोहि छ भन्ने अनुभुती गराउन लायन्स क्लब अफ दमक बिग बुद्द र लिओ क्लब अफ बिग बुद्धले सामुहिक होली मिलन कार्यक्रम सम्पन्न गर्यो ।

शुक्रबार क्लबका सदस्यहरुले केही मिठाईका प्याकेट , विभिन्न रङहरुका पोकाका साथै ह्यप्पी होली लेखिएको टि सर्ट बितरण गरेर क्लबले होली मनाए ।

अन्य बालबालिकाके पिच्करि मार्फत होली खेलेको देख्दा आश्रममा आश्रित बालबालिकाको मनमा दुख र खल्लो महसुस नहोस भनेर अन्य बालबालिकाले जसरी खुसिका साथ होली खेल्छन त्यसै गरि खेल्ने वातावरण बनाउन आश्रममा होली मिलन कार्यक्रम गरिएको लायन्स क्लब अफ दमक बिग बुद्धका अध्यक्ष कृष्णराज दाहालले जानकारी दिनु भयो ।

अन्य विभिन्न समुहले चोक तथा बजारमा मानिस भेला गराएर , चर्को आवाजमा खुल्लाम खुल्ला होली मनाए पनि समाजिक काम गर्दै होली मनाउदाको आनन्द बेग्लै हुने क्लबका रुबल अधिकारीले जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत