खुसी साटासाट

अनाथ बालबालिकासग होली

दमक/
दमक २ मा रहेको हाम्रो बाल आश्रममा रहेका बालबालिकाले पनि यो वर्षको होली पर्व मनाएका छन । रङहरुको पर्वमा आश्रममा रहेका बालबालिकालाइ न्यास्रो नलागोस , हाम्रो पनि कोहि छ भन्ने अनुभुती गराउन लायन्स क्लब अफ दमक बिग बुद्द र लिओ क्लब अफ बिग बुद्धले सामुहिक होली मिलन कार्यक्रम सम्पन्न गर्यो ।

शुक्रबार क्लबका सदस्यहरुले केही मिठाईका प्याकेट , विभिन्न रङहरुका पोकाका साथै ह्यप्पी होली लेखिएको टि सर्ट बितरण गरेर क्लबले होली मनाए ।

अन्य बालबालिकाके पिच्करि मार्फत होली खेलेको देख्दा आश्रममा आश्रित बालबालिकाको मनमा दुख र खल्लो महसुस नहोस भनेर अन्य बालबालिकाले जसरी खुसिका साथ होली खेल्छन त्यसै गरि खेल्ने वातावरण बनाउन आश्रममा होली मिलन कार्यक्रम गरिएको लायन्स क्लब अफ दमक बिग बुद्धका अध्यक्ष कृष्णराज दाहालले जानकारी दिनु भयो ।

अन्य विभिन्न समुहले चोक तथा बजारमा मानिस भेला गराएर , चर्को आवाजमा खुल्लाम खुल्ला होली मनाए पनि समाजिक काम गर्दै होली मनाउदाको आनन्द बेग्लै हुने क्लबका रुबल अधिकारीले जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा