च्याउको अचार

च्याउको अचार बनाउने दिपले दमक ९ का महिलाहरुलाई आत्मनिर्भर बन्न मद्दत

दमक/ दमक ९ का महिलाहरुले छुट्टा छुट्टै समुह बनाएर लिएको अचार बनाउने तालिम अहिले उनीहरुकालागि आय आर्जनको माध्यम बनेको छ । दमक नगरपालिका वडा नं ९ की टिका भट्टराई यहाँ रहेको त्रिभेणी महिला समुहको नेतृत्व गर्नु हुन्छ । यो समुहमा १५ जना दिदि बहिनीहरु आवद्ध हुनुहुन्छ । उहाँहरु सबैले च्याउको अचार बनाउने तालिम लिनु भएको छ ।

२ वर्ष अघी लिइएको तालीमबाट आफुहरु अचार बनाउन जान्ने भएको भट्टराईले सुनाउनु भयो । यहि बेचेर यो समुहले पहिलो पटक ४ हजार ५ सय रुपैँया समुहमा बचत पनि गरिसक्यो । यसलाई निरन्र्ता दिदै च्याउको मात्र नभएर अन्य पदार्थको पनि अचार बनाएर बेच्ने हो भने मनग्गे आम्दानी गर्न सकिने अनुभव भएको उहाँले सुनाउनु भयो ।

च्याउलाई रेसा रेसा बनाएर केलाउने । केलाएको त्यो च्याउलाई कपाडामा पोका बनाएर तातो पानीमा बफ्याउने । बफ्याएर निकालेको च्याउलाई घाममा सुकाउने र सबै पानी तइरिएर सुख्खा भएपछि खाने तेल र अन्य मर मसला आवश्यक मात्रामा हालेर मोलेपछि च्याउको अचार तयार हुन्छ । यसरी बनाएको अचारलाई साना खाले सिसाको बट्टामा प्याक गरेर बिक्रिका लागि तयार पारिन्छ ।

यो काम गर्न जान्दा कमाई हुन्छ । तर अचार बनाउँदा त्यहाँ मिश्रण हुने सामाग्रीको मात्रा मिसाउन जानीएन भने खर्चपनि धेरै आउँछ र अचार पनि स्वादिलो बन्दैन । यहि वडाकी पाथीभरा महिला समुहकी अध्यक्ष गीता अधिकारीको अनुभव यस्तै छ । त्यसैले उहाँ च्याउँको मात्रै होईन अन्य परिकारका अचार पनि बनाउने तालिम समुहका सबै महिलाले सिकेर काम थाल्ने हो भने मात्रै आर्थीक रुपमा प्रगती गर्न सकिने बताउनु हुन्छ ।

दमक ९ मा महिलाहरुको १० वटा समुह छ । यी समुहमा रहेका सबै महिलाहरुलाई कुनै न कुनै सिपमा जोडिएको छ । सिपमा जोड्ने काम यहाँ रहेको शान्ती सामुदायीक सिकाई केन्द्रले गरेको छ । केन्द्रका अध्यक्ष राजु तामाङ महिलालाई आत्मनिर्भर बनाउन घरमा गृहिणीको रुपमा मात्रै सिमित रहेका महिलाहरुले गर्न सक्ने गरिका अवसर खोज्ने र त्यो अवसरमा उहाँहरुलाई अवतद्धता गराउने काम गरिएको बताउनु हुन्छ ।

महिलाहरुलाई सिप सिकाएर सिपालु बनाउन यहाँ रहेको वडा कार्यालय र दमक नगरपालिकाले आर्थीक सहयोग गर्दै आएका छन् । यस्ता आर्थीक विकास सम्बन्धिका तालिमबाट महिलाहरु आन्तमनिर्भर बनिरहेका छन् । यसले घर परिवारमा पैसाको अभावका कारण हुने हिंसा तथा विभेदको अन्त्य भएको पनि दावी गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको