थप अनुसन्धान जारी

अष्ट्रेलिया जान लागेकी युवती अवैध विदेशी मुद्रासहित विमानस्थलबाट पक्राउ

 

 

अष्ट्रेलिया जान लागेकी युवतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बोर्लाङ–८ घर भएकी २३ वर्षीया रन्जिता श्रेष्ठ छिन् ।

कतार एयरलाइन्सको उडान नम्बर क्यूआर–६४७ मार्फत उनी दोहा हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् । उनको साथबाट अवैध तरिकाले लुकाएर लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर बरामद गरिएको छ ।

शनिवार पक्राउ परेकी रञ्जितालाई थप अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसन्धान विभाग हरिहर भवनमा पठाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनको व्यागेज विमानस्थलमा खटिएका अधिकारीले एक्सरे मेसिनमा जाँच गर्दा अवैध डलर फेला परेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो