बर्ड फ्लू

बर्ड फ्लूको सङ्क्रमण १० जिल्लामा फैलियो

नेपालमा देखिएको बर्ड फ्लूको सङ्क्रमण विभिन्न १० जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु देखिएको हो । काठमाण्डौको तारकेश्वर र कागेश्वरी मनोहरा तथा भक्तपुरको सूर्यविनायकमा यसअघि देखिएको सङ्क्रमण नियन्त्रण गरे पनि फेरि देखिएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमै छ । अरु जिल्लाबाट पनि परीक्षणका लागि नमुना प्राप्त भएका छन् तर त्यसको नतिजा आइसकेको छैन । सङ्क्रमण फैलिएका ती जिल्लाका ६५ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । त्यस्तै १५ हजार किलो दाना र २५ हजार ओटा अण्डा नस्ट गरिएको विभागको तथ्याङ्क छ ।

पंक्षिको टाउको सुन्निने, सिउर लोति निलो र कालो हुने र धेरै सङ्ख्यामा एकैपटक मर्ने जस्ता लक्षण सहित बर्ड फ्लु देखिएको छ । छिटो फैलने भएकाले र मानिसमा समेत सर्ने रोग भएकाले सतर्कता अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ । साथै पंक्षि पालेको ठाउँमा नियमित सरसफाइ गरी निःसङ्क्रमण गर्न, घरपालुवा पंक्षिलाई खुला नछोड्न, जङ्गली तथा अन्य चराको सम्पर्कमा आउन नदिन, मरेका पंक्षीलाई गहिरो खाल्डो खनेर पुर्न विभागका प्रवक्ता डा. ढकालको सुझाव छ ।

बर्ड फ्लु सङ्क्रमणबाट क्षति भएका पंक्षी तथा सामग्रीको सरकारले किसानलाई राहत दिने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको