बर्ड फ्लू

बर्ड फ्लूको सङ्क्रमण १० जिल्लामा फैलियो

birdflu

नेपालमा देखिएको बर्ड फ्लूको सङ्क्रमण विभिन्न १० जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु देखिएको हो । काठमाण्डौको तारकेश्वर र कागेश्वरी मनोहरा तथा भक्तपुरको सूर्यविनायकमा यसअघि देखिएको सङ्क्रमण नियन्त्रण गरे पनि फेरि देखिएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमै छ । अरु जिल्लाबाट पनि परीक्षणका लागि नमुना प्राप्त भएका छन् तर त्यसको नतिजा आइसकेको छैन । सङ्क्रमण फैलिएका ती जिल्लाका ६५ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । त्यस्तै १५ हजार किलो दाना र २५ हजार ओटा अण्डा नस्ट गरिएको विभागको तथ्याङ्क छ ।

पंक्षिको टाउको सुन्निने, सिउर लोति निलो र कालो हुने र धेरै सङ्ख्यामा एकैपटक मर्ने जस्ता लक्षण सहित बर्ड फ्लु देखिएको छ । छिटो फैलने भएकाले र मानिसमा समेत सर्ने रोग भएकाले सतर्कता अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ । साथै पंक्षि पालेको ठाउँमा नियमित सरसफाइ गरी निःसङ्क्रमण गर्न, घरपालुवा पंक्षिलाई खुला नछोड्न, जङ्गली तथा अन्य चराको सम्पर्कमा आउन नदिन, मरेका पंक्षीलाई गहिरो खाल्डो खनेर पुर्न विभागका प्रवक्ता डा. ढकालको सुझाव छ ।

बर्ड फ्लु सङ्क्रमणबाट क्षति भएका पंक्षी तथा सामग्रीको सरकारले किसानलाई राहत दिने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन