लायन्सको बैठक

दमकका चार वटा लायन्सको सामुहिक बैठक इलामको श्री अन्तुमा सम्पन्न, चार कार्यपत्र प्रस्तुत

IMG_20220319_212500

दमक/
दमकमा रहेका ४ वटा लायन्स क्लवहरुको जोन मिटिङ इलामको सुर्योदयन गरपालिका स्थित श्री अन्तुमा सम्पन्न भएको छ ।
जोन चेयर पर्सन रेगिना भट्टराईको मातहतमा रहेका ४ वटा क्लवहरुको कार्यसमिक्षा सहितको बैठक श्री अन्तुमा सम्पन्न भएको हो ।

लायन्स क्लव अफ दमक बिग बुद्ध, दमक झापा, स्वेविका र बेल सिटिले शनिबर बेलुका आफ्नो कार्य प्रगितीको प्रतिवेदन जोन चेयर पर्सन भट्टराईलाई बुझाए । दमकमा विभिन्न सामाजिक काम गर्दै आएका यी क्लवहरुले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नाराका साथ काम गरिरहेका छन् ।

 

अभाव , आवश्यकता र समस्यामा सामुहिक एकता र सहकार्यमा दमकमा रहेका यी लायन्य क्लवहरुले सामाजीक सेवामा काम गर्दै आएका क्लवहरुद्धरा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । साथै यी चारवटै क्लवहरुले संयूक्त रुपमा श्री अन्तु बजार क्षेत्रमा र कन्याम क्षेत्रमा फोहोर फक्यक्ने ६ वटा बाल्टीपनि प्रदान गरेका थीए ।

कार्यक्रममा लायन्सका डिस्ट्रिक लिडर अजय अग्रवाल एनजेएफ , इम्प्याक्ट एरिया लिडर ज्ञाननाथ पौडेल लगायत अन्य लायन्स लिडरहरुको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन