निर्माण कम्पनी नै सम्पर्कविहीन

सडक निर्माण कार्य अधुरो छाडेपछि धुलोपीडित आन्दोलित

 

 

 

 

झापामेची राजमार्ग अन्तरगतको चारआलीकेचना सडक खण्डको कालोपत्रे निर्माण कार्य अझै पूरा नहुँदा स्थानीयले सास्ती झेल्नु परेको छ।

निर्माण कम्पनी कालिकाकनकाई याकथुमहाङ जेभीले ३० महिनामा सक्नुपर्ने सडक निर्माण कार्य अधुरो छाडेपछि भद्रपुरका धुलोपीडित स्थानीय फेरि आन्दोलित बनेका छन्।

आन्दोलित बनेका धुलोपीडित स्थानीयले भद्रपुर नगरपालिका कार्यालयदेखि करिब २०० मिटर दक्षिण भानुचोकमा बाँस तेर्साएर सडक अवरोध गरेका छन्।

सोमबार बिहान साढे बजेदेखि सडक अवरोध गरेका कारण साना तथा ठूला सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छ।

भानुचोकदेखि संगमचोकसम्मको करिब सय मिटर सडकमा नालासबवेस बेस लगायतको काम लगभग सकिएको छ। कालोपत्रे हुन मात्र बाँकी छ। तरनिर्माण कम्पनीले कालोपत्रे बनाउन छाडेर सडक आसपासका स्थानीयलाई धुलो खुवाएपछि सडक अवरोध गर्नु परेको स्थानीय सुशान्त रायमाझीले बताए।

भानुचोकका स्थानीयले यसअघि पनि कैयौँपटक सडक अवरोध गरिसकेको हालसम्म पनि सडक बनेकोमा उनले गुनासो पोखे।

स्थानीय सडक अवरोध गरेपछि घटनास्थल पुगेका प्रहरीले तेर्साएको बाँस हटाउन खोजेपछि दुवै पक्षबीच वादविवाद भएको स्थानीय अनिता अधिकारीले बताइन्।

प्रहरीको काम सहजीकरण गर्ने हो,’ उनले भनिन्, ‘एक्कासि आएर बाँस हटाउनु कार्य गलत भयो।’ घटनास्थलमा नम्बर वडा अध्यक्ष प्रेम बरुवाल लगायतको उपस्थिति रहेको थियो।

वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईले सडक अवरोधको बारेमा नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ उपमेयर चन्द्रामाया श्रेष्ठलाई जानकारी गराउँदै घटनास्थल आएर सडक खुलाउन सहजीकरणको लागि आग्रह गरेका थिए।

उहाँहरूले कार्य व्यवस्था देखाउँदै तत्काल सम्बन्धित निकायमा जानकारी गराउने भन्नुभयो,’ उनले भने।

यता, चारआलीदेखि केचनासम्मको ४० किलोमिटर कालोपत्रे सडक निर्माण कार्यअन्तर्गत देखि २० किलोमिटर सडक निर्माणको ठेक्का कालिकाकनकाई याकथुमहाङ जेभीले २०७३ साल असोज १७ गते ३० महिनामा काम सक्ने गरी सम्झौता गरी काम सुरु गरेको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ। 

निर्माण कम्पनी नै सम्पर्कविहीन

हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरी अन्तरगतको फिल्ड कार्यालय झापाबाट अवरोध पुर्याएको सडक निर्माणमा कुनै पनि समस्या नरहेको सब इन्जिनियर सीताराम मण्डलले प्रस्टाएका छन्।

निर्माण कम्पनीका ठेकेदार तेज कुरुवाङ आयोजनाको सम्पर्क नआउँदा समस्या उत्पन्न भएको सवइन्जिनियर मण्डलले बताए।

करिब दुई महिनादेखि कालिकाकनकाई याकथुमहाङ जेभीले लिएका सबै काम बन्द छ। निर्माण कम्पनीलाई दुई महिनाअघि आयोजनाले बिल भुक्तान गरिसकेको छ। निर्माण कम्पनीले सामग्री बिक्रेतालाई पूरा भुक्तानी नदिएको सोही विषयमा दुवै पक्षबिच विवाद हुँदा सबै कर्मचारी काम छाडेर गएको कम्पनीका साइड इन्चार्ज केवी श्रेष्ठले आयोजनालाई जानकारी गराएको छ।

भुक्तानी नदिएसम्म कुनै पनि साइडमा काम गर्न नदिने बिक्रेता पक्षले निर्माण कम्पनी पक्षलाई चेतावनी दिएको जानकारी आएपछि फिल्ड कार्यालय झापाका इन्जिनियर प्रमोद खतिवडाले पटक पटक निर्माण कम्पनीलाई काम पूरा गर्न लिखित मौखिक आदेश दिइसकेको छ।

 तरपनि ठेकेदार कुरुवाङले निर्माण कार्यलाई तीव्रता दिलाउन कुनै चासो नदेखाउँदा अहिले आएर यस्तो समस्या उत्पन्न भएको सवइन्जिनियर मण्डलको भनाइ छ।

यसमा हुलाकी आयोजनाको कुनै गल्ती छैनपैसाको समस्या पनि छैननिर्माण कम्पनी नै सम्पर्क नआउँदा समस्या भयो,’ उनले भने।  कालिकाकनकाई याकथुमहाङ जेभीले भद्रपुरको मेची पुलदेखि झापाचोकसम्म राजगढमा पनि सडक निर्माणको ठेक्का लिएको छ। अहिले त्यो दुवै काम पनि दुई महिनादेखि ठप्प छ।  

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु