न्यूनिकरणका उपायहरु

बलत्कारका घटना कसरी बढीरहेका छन् ?

दमक/
समाजमा अहिले अपराधका घटना निकै बढ्न थालेका छन् । विगतमा छिटफुट आउने बलात्कारका समाचार अहिले दिनहुँजसो पढिने र सुनिने गरेका छन् । यस्ता समाचार र प्रहरी आँकडाले मुलुकमा बलात्कारका घटना बढिरहेको देखाउँछ । पछिल्लो समय त बलात्कारपछि हत्या गर्ने बर्बर घटनाको शृंखला पनि बढेको छ ।

गत फागुन २७ गते शुक्रबार मोरङको सुन्दर हरैँचामा १८ महिने ना बालिकाको बलात्कारपछि हत्या भयो । मोरङको सुन्दरहरैँचा नगरपालिका-७, गणेशपुरकी १८ महिने ना बालिकाको बलत्कार पछि हत्या भएको १० दिन पनि नबित्दै समाजको ऐना मानीने शिक्षकबाटनै मोरङकी एक विद्यार्थी मा बलत्कारको प्रयास भयो । यो घटनाका कारण स्थानीयबासीको झडपमा परेर एकजना प्रहरीको मृत्यूपनि भयो ।

यसरी अपराध माथी अपराध गर्ने श्रींखला पछिल्लो समय बढिरहेको छ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक मानवशास्त्री डिल्ली प्रसाई मानविय चेतको अभाव र सामाजिक विग्रहका कारण यस्ता घटना हुने गरेको बताउनु हुन्छ । बलत्कार भनेको कुन सम्मको अपराध हो र यो काम गर्दा कुन सम्मको दण्ड पाउछु वा यसले समाजमा मेरो स्तर के सम्मको बनाउँछ भन्ने कुराको चेतको अभाव र चेतना भएपनि बढी उत्तेजनाका कारण यस्ता घटना हुने गरेको उहाँको भनाई छ ।

कतिपय अवस्थामा अहिले मानवता हराउँदै गएको छ, सामान्य विषयमा पनि तत्काल डरलाग्दो प्रतिक्रिया दिने क्रम बढेको छ । मान्छेले अवसर पाइरहेका छैनन्, वितृष्णा बढ्दोरूपमा झाँङ्गिदै छ । जसका कारण अपराधका घटना बढिरहेका छन् ।

अझ डरलाग्दो कुरा के छ भने पछिल्लो समय शृङ्खलाबद्ध देखिएका हत्या र बलत्कारका घटनामा चिनेजानेका, परिवारसँग जोडिएका व्यक्ति, आफन्तलगायत नजिककै व्यक्तिको संलग्नता देखिने गरेको महिला अधिकारकर्मी विष्णु पन्त आचार्य बताउनु हुन्छ ।

पछिल्लो समय विभिन्न कारणले गर्दा विश्वभरमै चाँडो आवेगमा आउने, उत्तेजित हुने स्वभाव बढेर गएको छ । त्यो हुनुका पछाडि तनाव, इन्जाइटी, डिप्रेसन लगायत कारण छन् । अहिले सामाजिक सञ्जाल छ, अस्वस्थ प्रतिष्पर्धा छ, निराशा छ ।

खानपानलगायतका कुराले पनि मान्छेलाई पहिलेभन्दा आक्रामक बनाएको छ ।वास्तवमा हाम्रो समाजमा बालिका र महिला विरुद्धको हिंसा र त्यसमा पनि बालिका बलात्कारका घटनाको मूल कारण अशिक्षा र गरीबी मात्र हैन, पितृसत्तात्मक सोच र व्यवहार पनि हो। साथै यसको नियन्त्रण गर्ने बनेको कानुन कार्यान्वायन सहि तरिकाले मात्रै हुने हो भने पनि यस्ता घटनामा कमी आउने विस्वास छ मानवशास्त्री प्रसाईको ।

तीन वटै तहका सरकारले जनप्रतिनिधिहरूलाई बलात्कार मानवता विरुद्धको अपराध हो भन्ने विश्वव्यापी मान्यता स्थापित गराउनेबारे प्रशिक्षित गर्नुपर्छ। बलात्कारका घटना न्यूनीकरण गर्न समाजको शुद्धीकरण पहिलो शर्त हो। यस्तो शुद्धीकरण जनप्रतिनिधिहरूबाट शुरू गर्नु उचित हुन्छ। किनभने भौतिक संरचना बनाउनु मात्रै विकास हो भन्ने मान्यता बोकेका अधिकांश जनप्रतिनिधिलाई हिंसामुक्त समाज निर्माण पनि रूपान्तरणको प्रक्रिया हो भन्ने प्रशिक्षणको खाँचो छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि

सुनसरीमा ईभी कारको ठक्करबाट प्रहरी वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,९ असार ।  सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक राजमार्गमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सईको मृत्यु भएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी

व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र लम्बिने संकेत

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताउनु भएको छ । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत

झापाबाट गगन थापाको उद्घोष,कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ

झापा,९ असार ।नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै