बसाई सारिएको देशमा नेपाली साहित्यको प्रवद्र्धन

साहित्य परिषद् भुटानको अध्यक्षमा खेम रिजाल निर्विरोध चयन

अमरेरिका, २८ बैशाख / भुटानी नेपाली साहित्यको संरक्षण र प्रवद्र्धनमा क्रियाशील अग्रणी संस्था साहित्य परिषद्, भूटानको अध्यक्ष पदमा साहित्यसेवी तथा सक्रिय अभियन्ता खेम रिजाल निर्विरोध चयन हुनुभएको छ ।

 

सन् २०२६ मे ९ मा सम्पन्न परिषद्को भर्चुअल बैठकमा निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।
निर्वाचन समितिका संयोजक रूपनारायण पोख्रेलले सार्वजनिक गर्नुभएको विवरण अनुसार, नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा तिलारूपा आचार्य (अधिकारी), महासचिवमा निल अधिकारी, कोषाध्यक्षमा खग्रेन्द्र भण्डारी (जन्तरे) र सदस्यमा भीम अधिकारी चयन हुनुभएको छ ।
निष्पक्ष र पारदर्शी निर्वाचनका लागि रूपनारायण पोख्रेल, मनोज राई र प्रतिमान सिवा सम्मिलित तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । परिषद्का ६३ सदस्यहरूमध्येबाट आवेदन आह्वान गरिएकोमा प्रारम्भिक चरणमा पाँच जनाको मात्र उम्मेदवारी परेको र थप १५ दिनको समय थप्दा पनि अन्य आवेदन नआएपछि उम्मेदवारी दिने सदस्यहरूलाई नै जिम्मेवारी सुम्पिएको हो ।

 

यो घोषणा भुट्नीज लिट्रेचर डटकम पाक्षिक प्रकाशनको १७ औँ स्थापना दिवसको विशेष अवसरमा गरिएको हो । पुनर्वासपछिको यो परिषद्को चौथो कार्यसमिति हो । यसअघि सन् २०१० देखि २०२६ सम्ममा साहित्यकार तथा पत्रकार भक्त घिमिरे , कबि शिवालाल दहाल र साहित्यकार गंगाराम लामिटारेसम्म तीनवटा कार्यसमितिहरूले काम गरिसकेका छन् ।

नवनिर्वाचित अध्यक्ष रिजालको नेतृत्वमा रहेको यस समितिले आफ्नो गतिविधिलाई विश्वव्यापी बनाउन अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, युरोप र दक्षिण एसियामा निर्देशनालयहरू स्थापना गर्ने निर्णय गरेको छ । परिषद् अमेरिकामा दर्ता भएको गैर–नाफामुखी संस्था भएकाले कार्यसमितिमा अमेरिकामा रहेका सदस्यहरूलाई समावेश गरिएको छ । “यो नया नेतृत्वले आगामी दिनहरूमा अग्रहजहरूलाइ सम्मान गर्दै , अनुजहरूलाइ धेरै समावेश गर्दै नेपाली भाषा साहित्यको प्रवद्र्धनमा कृयाशील रहने छ ।” रिजालले भन्नु भयो ।

सन् १९९३ मार्च १७ मा झापाको बेलडाँगी–२ शरणार्थी शिविरमा ’भाषा परिषद्, भुटान’का रूपमा स्थापना भएको यस संस्थाले विस्थापनको कठिन समयमा पनि नेपाली भाषा र साहित्य जोगाउन महत्वपूर्ण भूमिका खेलेको थियो । सन् २००३ देखि यसको नाम ’साहित्य परिषद्, भूटान’ राखिएको हो । यस संस्थाले शरणार्थी शिविरहरूमा रहँदा १० हजारभन्दा बढी भुटानी नेपालीहरूलाई साक्षर बनाउने ऐतिहासिक अभियान समेत सञ्चालन गरेको थियो ।

नयाँ कार्यसमितिले प्रवासमा फैलिएको भुटानी नेपाली साहित्यिक यात्रालाई नयाँ ऊर्जा, दृष्टि र समर्पणका साथ अघि बढाउने र नेपाली भाषा, संस्कृति तथा पहिचानको जगेर्नामा समर्पित रहने विश्वास व्यक्त गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल