कार्यकर्ता कल्याण अक्षयकोष घोषणासंगै रकम सहयोग गर्ने कार्यकर्ताको प्रतिवद्धता

दमक,जेठ २ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)वडा कमिटी दमक ८ले स्थापना गरेको विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष घोषणासंगै १लाख बढी रकम अक्षयकोषलाई सहयोग गर्ने कार्यकर्ताले प्रतिवद्धता ब्यक्त गरेका छन् ।
नेकपा एमाले वडा कमिटी दमक८ले आज आयोजना गरेको विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष घोषणा तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा सहभागी कार्यकर्ताहरुले अक्षयकोष वृद्धिको लागि १लाख बढीको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । अक्षयकोष मस्यौदा समिति संयोजक मन कुमार गदालको परिकल्पनामा पार्र्टी कमिटीले स्थापना गरिएको अक्षयकोषमा १लाख २३ हजार ५सय ४० रुपैयाँ अक्षयकोषमा जम्मा गर्ने कार्यकर्ताले घोषणा गरेका छन् ।

पार्टीको वडा कमिटी अध्यक्ष खेम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष घोषणा तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा अक्षयकोष मस्यौदा समिति संयोजक मन कुमार गदालले कार्यकर्ता कल्याण अक्षयकोषको शुभारम्भका लागि ५हजार रुपैयाँको चेक वडा कमिटी अध्यक्ष तथा विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष सञ्चालन समिति संयोजक खेम बहादुर श्रेष्ठलाई प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य होम बहादुर थापाको साथमा एक कार्यक्रमका बीच प्रदान गर्नु भएको वडा पार्टी कमिटी सचिव प्रकाश रिजालले जानकारी दिनु भयो ।
सोही कार्यक्रममा पार्टीमा लामो समयदेखि योगदान पुराउनु भएका अग्रज कार्यकर्ता मध्ये वडा भित्रका ९जना कार्यकर्तालाई सम्मान गरिएको छ । सम्मानित हुने अग्रज कार्यकर्ताहरु वडा भित्रकामा पर्शुराम लुइटेल, राम चन्द्र भण्डारी,लिलम कटुवाल,इन्द्र प्रसाद ढकाल,रत्न बहादुर गजमेर विश्वकर्मा,रमेश कुमार रिजाल,सुशिला गौतम,बम बहादुर नेपाल र जसोदा देवी रिजाललाई सम्मान गरिएको छ ।

उहाँहरुलाई पार्टीका केन्दीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य तथा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति सभापति समेत रहनु भएका थापाले सम्मान गर्नु भएको वडा कमिटी उपाध्यक्ष युवराज आचार्यले बताउनु भयो । सम्मानितहरु मध्येवाट रिजाल र गजमेरले बोल्दै जीवनमा केही स्मरण दिन मध्ये आज एक रहेको भन्दै सम्मानित हुन पाएकोमा खुशी ब्यक्त गर्नु भयो । प्रमुख अतिथि थापाले अहिले माग अनुसार कार्यकर्ताको लागि राम्रो कामको शुरुवात भएको बताउनु भयो । एमाले कोशीका स्थानिय विभाग सदस्य तथा दमक ८न.वडाका वडा अध्यक्ष धर्म प्रसाद दाहाल दिपेशले वडाको गतिविधि प्रस्तुत गर्दै अहिले वडामा अक्षयकोष सबैको लागि उपयोगी हुने धारण ब्यक्त गर्नु भयो ।

विपद् तथा कार्यकर्ता कल्याण अक्षयकोष संयोजक गदालले प्रस्तुत संगै सोही विस्तारित भेला तथा घोषणा कार्यक्रममा पारित गरिएको सदस्य हरिमाया चुडालले बताउनु भयो । अक्षयकोष मस्यौदा समिति संयोजक मन कुमार गदाल,सदस्यहरु खेमबहादुर,रिजाल,हरिमाया चुडाल र ममता रसाइली रहेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन