दमकका मेयरको प्रधानमन्त्रीका सल्लाहकारसग भेट

दमक , ३ जेष्ठ |  दमक नगरपालिकाका प्रमुख राम कुमार थापा ले प्रधानमन्त्री बालेन्द्र साह का प्रमुख राजनैतिक सल्लाहकार कुमार बेन सँग भेटवार्ता गरी दमकको विकास निर्माण तथा सुकुम्बासी समस्या समाधानबारे गम्भीर छलफल गर्नुभएको छ ।

नगरप्रमुख थापाका अनुसार जेठ २ गते सल्लाहकार बेनको निवासमा भएको भेटमा दमक नगर क्षेत्रका विकास निर्माणसँग सम्बन्धित प्राथमिक योजनाबारे विस्तृत संवाद भएको थियो।

 

विशेषगरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको दीर्घकालीन समस्या समाधानलाई मुख्य एजेन्डा बनाइएको बताइएको छ।

भेटका क्रममा संघ, प्रदेश र स्थानीय तहबीच संस्थागत समन्वय तथा सहकार्यलाई बलियो बनाउँदै योजनाहरूलाई प्राथमिकता अनुसार अघि बढाउने सहमति भएको छ।

 

आवश्यक विधि र प्रक्रिया पूरा गर्दै समस्या समाधानका लागि शक्तिशाली संयन्त्र गठन गर्ने विषयमा समेत व्यापक छलफल भएको नगरप्रमुख थापाले जानकारी दिनुभएको छ ।

स्थानीय तहको दीर्घकालीन विकास र आवाससम्बन्धी समस्या समाधानका लागि केन्द्रसँग सहकार्य बढाउने उद्देश्यले उक्त भेटलाई महत्वपूर्ण मानिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय