बलात्कारको तथ्यांक

प्रदेश १ मा पछिल्ला ३ वर्षमा १७ सय भन्दा बढी जबरजस्ती करणीका घटना, मोरङमा मात्रै पछील्लो एक महिनामा ४ वटा बलात्कारको घटना

images

बिराटनगर/ प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढेको देखिएको छ । पछिल्ला तीन वर्षको अवधिमा १७ सय भन्दा बढी जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका कुल १४ जिल्लामा वर्षेनी औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

फागुनको अन्तिम साता सुन्दरहरैचाकी १८ महिने बालीकाको बलात्कारपछि हत्या भयो । केहि समय अगाडि लेटाङकै एक बालिकाको बलात्कार पछि हत्या भयो । यी घटना सेलाउन नपाउँदै मोरङको लेटाङमा नै फेरी अर्को घटना घटेको छ । यतीसम्मकी विद्यालयको शिक्षकले घरमा नै गएर जवरजस्ती गर्न खोजेका कारण घटनाले ठूलो रुप लियो र एक महिला प्रहरीको ज्यान गयो ।

यसरी प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढेको देखिएको छ । पछिल्ला तीन वर्षको अवधिमा १७ सय भन्दा बढी जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका कुल १४ जिल्लामा वर्षेनी औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जसमा ५ वर्षे शिशुदेखि ७० वर्षीया बृद्धा समेत बलात्कारमा परेका छन् । पछिल्लो समयमा एक पछि अर्को बालिका बलात्कारका घटना भईरहेका छन् ।

एक महिनाको अवधिमा मोरङमा ४ वटा बलात्कार घटना बाहिर आएका छन् । महिला अधिकारकर्मी मन्जिता उपाध्याय पिडकलाई राजनीतिक संरक्षण र प्रहरी प्रशानसन पनि महिलामैत्री नभएका कारण यस्ता घटनामा बृद्धि भएको बताउनुहुन्छ । त्यस्तै प्रदेश १ की सासंद सरिता थापाले प्रभावकारी रुपमा कानुन कार्यान्वयन नहुँदा समाजमा बलात्कारका घटनामा बढिरहेको बताउनुभयो ।

अधिवक्ता कला त्रितालका अनुसार नेपालको मुलुकी अपराध संहिता २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ ले जवरजस्तीकरणी मुद्धामा सजायको व्यवस्था गरेको छ । पछिल्लो संसोधनले कानुनमा पर्याप्तता ल्याएको भएपनि कानुन कार्यान्वयन पक्ष फितलो हुँदा घटनाहरु बढेको उहाँको भनाई छ ।

महिला हिंसा तथा बलात्कारका घटना न्युनिकरण गर्नको लागि भन्दै सरकारी निकाय तथा एनजिओ आईएनजिओहरुले धेरै रकम खर्चिएका छन् । अभियानहरु पनि सञ्चालन भईरहेका छन् । तर घटनामा न्युनिकरण आउनु भन्दा बढीरहेको अवस्था छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।