नेपाल एयरलाइन्सको सञ्चालक नियुक्ति विवादमा

मन्त्रीमाथि चलखेलको आरोप, प्रवक्ताद्वारा खण्डन

काठमाडौँ,१० जेठ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य पदमा गरिएको नयाँ नियुक्ति विवादमा तानिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वैशाख ३१ गते गरेको ५ जना सदस्यहरूको नियुक्तिमा ’चलखेल र अनियमितता’ भएको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि यो विषय विवादित बनेको हो।मन्त्रालयले कास्कीका डा. दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँकी रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

’मेरिट’ लाई मिचेर नियुक्ति गरिएको दाबीविभागीय मन्त्री खडक राज पौडेल (गनेस) को मन्त्रीस्तरीय निर्णयबाट भएको यो नियुक्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठाइएको छ। गत वैशाख १२ गते गोरखापत्रमा सूचना प्रकाशित गरी निगमको सञ्चालक सदस्यका लागि दरखास्त आह्वान गरिएको थियो। प्रतिस्पर्धामा उत्रिएका २७ जना आकांक्षीमध्ये २४ जनाले वैशाख २५ गतेको सूचनाअनुसार २७ गते अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण दिएका थिए।प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उजुरीका अनुसार, खुला प्रतिस्पर्धामा प्राप्त अंकलाई पूर्णतः बेवास्ता गर्दै मन्त्री पौडेलले मनपरी ढङ्गले ५ जनालाई छान्नु भएको हो।
प्रस्तुतीकरण र अन्तर्वार्तामा कम नम्बर पाएकाहरूलाई नै चलखेलका आधारमा नियुक्ति दिइएको उजुरीकर्ताको दाबी छ।“पारदर्शिता, निष्पक्षता तथा सुशासनको मर्मलाई आत्मसात् गर्दै सम्बन्धित उम्मेदवारहरूको प्राप्तांकसहित विस्तृत नतिजा सार्वजनिक गर्न तथा आवश्यक छानबिनपश्चात मात्र नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीज्यूसमक्ष विनम्र अनुरोध गर्दछु,“ उजुरीमा भनिएको छ।’जेनजी आन्दोलन’ पश्चात् सुशासन कायम गर्ने नारासहित बनेको वर्तमान सरकारको प्रतिबद्धतामाथि नै यो नियुक्तिले प्रश्न उठाएको निवेदनमा उल्लेख छ।

यस विषयमा प्रधानमन्त्री बालेन शाहसमक्ष ब्रिफिङ भइसकेको र प्रधानमन्त्री कार्यालयले आन्तरिक छानबिन सुरु गरिसकेको स्रोतको दाबी छ।यस्तो छ कानुनी र अंकभारको व्यवस्थानेपाल वायुसेवा निगम ऐन २०१९ तथा नियमावलीअनुसार सञ्चालक नियुक्तिका लागि कुल ५० पूर्णाङ्कको व्यवस्था गरिएको छ, जसको विभाजन यस प्रकार छःमूल्याङ्कनको शीर्षकछुट्याइएको अंकभारशैक्षिक योग्यता४ अंककार्य अनुभव४ अंकव्यावसायिक कार्ययोजना१५ अंकप्रस्तुतीकरण (एचभकभलतबतष्यल)१५
अंकअन्तर्वार्ता१० अंककुल अंक५० अंकयसअघि मन्त्री पौडेल आफैँले सार्वजनिक रूपमा सञ्चालक पदपूर्ति गर्दा योग्यता र क्षमता (मेरिट) लाई नै मुख्य आधार बनाउने घोषणा गर्नु भएको छ। तर, व्यवहारमा त्यसको उल्टो भएको आरोप लागेपछि यसबारे प्रतिक्रिया लिन खोज्दा मन्त्री पौडेल सम्पर्कमा आउन चाहेनन्।मन्त्रालयको दाबीः “नियुक्ति पूर्णतः कानुनी र मेरिटमा आधारित छ“यता मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले भने लागिएका सबै आरोपहरूको खण्डन गर्दै नियुक्ति पूर्णतः योग्यताका आधारमा भएको दाबी गर्नु भएको छ्।

आइतबार बिहान प्रतिक्रिया दिँदै प्रवक्ता आचार्यले वैशाख ३१ गते गरिएको नियुक्तिमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप वा नातावाद नभएको स्पष्ट पार्नु भयो।“कानुनी रूपमा माननीय मन्त्रीज्यूले सीधै कसैलाई पनि बोर्ड सदस्यमा नियुक्त गर्न सक्ने व्यवस्था छ। यसका लागि खुला प्रतिस्पर्धामा जानुपर्ने अनिवार्य कानुनी बाध्यता नै थिएन। तर, यसपटक हामीले सुशासन र पारदर्शी प्रक्रिया अपनाउन खुला प्रतिस्पर्धामै गएका हौँ,“ आचार्यले भन्नु भयो।

उहाँका अनुसार नियुक्ति प्रक्रियामा सहभागी उम्मेदवारहरूको कार्ययोजना विज्ञहरूद्वारा गोप्य रूपमा मूल्याङ्कन गरिएको थियो र सो मूल्याङ्कनमा जो उत्कृष्ट ठहरिए, उनीहरूलाई नै मेरिटका आधारमा छानिएको हो। प्रधानमन्त्री कार्यालयमा परेको उजुरीबारे टिप्पणी गर्दै उहाँले भन्नु भयो, “उजुरी हाल्ने कुरा आफ्नो ठाउँमा होला, तर यो नियुक्ति पूर्णतः विधिसम्मत र पारदर्शी छ। यसमा कुनै समस्या छैन।“नेपाल एयरलाइन्सको खस्कँदो साख बचाउन र संस्थालाई नयाँ गति दिनका लागि नै योग्य व्यक्तिहरूको चयन गरिएको दाबी मन्त्रालयले गरेको छ।

list 5

12

ujuri

1

2

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।