सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ४७ आवेदकमध्येबाट डा। नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा। गोपाल प्रसाद भट्टलाई संक्षिप्त सूचीमा राख्दै अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण गरिसकेको छ । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको बुझिएको छ ।

प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये डा। अधिकारी सेबोनका पूर्व कार्यकारी निर्देशक हुन् भने विनयदेव आचार्य हाल कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । मुकुन्द कुमार क्षेत्री र डा। गोपाल भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।

गत वैशाख ५ गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा मन्त्रिपरिषद्ले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई नियुक्त गर्नेछ । नयाँ अध्यक्ष नियुक्तिसँगै लामो समयदेखि रोकिएका आइपिओ निष्कासन लगायतका कामले गति लिने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट

गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा