शिक्षामा सुधार

नेपालको शिक्षालाई सुधारे मात्रै अन्‍य क्षेत्र सुध्रिन्छ : शिक्षामन्त्री पौडेल

 

 

काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउने बताएका छन्।

बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १५ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्वतः सुधार हुने बताएका हुन् ।

उनले देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका भएको बताए । शिक्षामा सुधार गर्ने देशहरुले मात्रै अन्य क्षेत्रमा प्रगति गर्न सकेको उनले बताए । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएको उल्लेख गर्दै शिक्षालाई देशको समृद्धिको निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए। ।

‘शिक्षा भएन भने देशको अरु कुराको सुधारको सम्भावना छैन । जुन देशले शिक्षामा सुधार गर्‍यो त्यो देशले अरु क्षेत्रमा प्रगति गरेको हामी पाउँछौँ । देशको समग्र समृद्धिको निम्ति सक्षम इन्जिनियर, सक्षम डाक्टर, सक्षम शिक्षक, सक्षम प्राध्यापक चाहियो। सक्षम व्यक्ति र व्यक्तित्वहरुको आवश्यकता हुन्छ । र हामी भौतिक समृद्धिको बाटोतर्फ अगाडी बढ्न सक्छौँ । मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले देशलाई सक्षम जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेको बताए। मन्त्री पौडेलले शिक्षामा संरचनागत र नीतिगत सुधार आवश्यक रहेको भन्दै त्यसको सुधारका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत