स्वास्थ्य बिमा

बीपीमा चैत १५ गते देखि स्वास्थ्य बिमा सेवा बन्द

सुनसरी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आउँदो चैत १५ गते देखि स्वास्थ्य बिमा गरेकाले स्वास्थ्य बिमाबाट सेवा लिन नपाउने भएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आज एक सूचना जारी गरी सरकारले बिमितहरुले सेवा लिए बापतको रकम भुक्तानी नदिएको कारण प्रतिष्ठान सञ्चालनमा समेत समस्या भएको भन्दै स्वास्थ्य बिमा गर्ने बिमितहरुलाई स्वास्थ्य बिमाबाट सेवा प्रवाह गर्न नसक्ने जनाएका छन् । नेपाल सरकार, स्वास्थ्य बिमा बोर्डबाट बिमा गरेका बिमितहरुलाई प्रतिष्ठानले २०७४ साउन महिनादेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको थियो ।

स्वास्थ्य सेवा दिए बापत दाबी गरे अनुसारको सम्पूर्ण रकम सोधभर्ना उपलब्ध गराउन लगायत स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजीकरण गर्न विभिन्न समयमा स्वास्थ्य बिमा बोर्ड लगायत अन्य सरोकारवालालाई पटक–पटक लिखित अनुरोध गर्दा पनि हालसम्म समस्याहरूको समाधान हुन नसक्दा प्रतिष्ठान आर्थिक सङ्कटबाट गुज्रिरहेको सूचनामा उल्लेख छ ।

प्रतिष्ठानले पुर्याएको सेवा बापत प्राप्त गर्नुपर्ने रकम समयमा नै प्राप्त हुन नसक्दा शिक्षक तथा कर्मचारीहरूको नियमित पारिश्रमिक लगायत दैनिक सञ्चालन खर्चमा समेत प्रतिकुल प्रभाव पर्न गएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच