धार्मीक आस्थामाथि आक्रोश व्यक्त गरेको हैन : जनक परियार

काठमाडौं ,१४ जेठ। दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिदै धर्मीक आस्थामाथि प्रहार भन्दा पनि दलितमाथिको उत्पीडनविरुद्धको अभिव्यक्ति बताउनु भएको छ । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि धार्मीक आस्थामाथि चोट पुग्न गएको भन्दै क्षामासमेत माग्नु भएको छ ।

‘प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मा’को न्यायका लागि गत १२ गते मंगलबार संवाद डबलीमा आमा विन्दमया विश्वकर्मासहित अन्तरक्रियामा अभियान्ता जनकले दिनु भएको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो ।

सामाजिक सञ्जालमा आलोचनापछि जनकले सो बारे स्पष्टिकरण दिदै भन्न्ुा भयो, ‘मैले दलित समुदायका सायौं अन्यायपूर्ण मृत्युबरण गर्नुपरेका श्रीकृष्ण विक लगायतका साथिहरुको न्यायको गुहार माग्नेक्रममा बोलेको अभिव्यक्ति हो, निश्चित धार्मीक आस्थामाथि आक्रोश व्यक्त गरेको हैन ।’

कथित उच र निच जातियक्रमको जाँतोबाट अत्याधिक दलित समुदाय पिसिएको जिकिर गर्दै जनकले भन्नु भयो, ‘आजको २१औं सताब्धिमा पनि नेपाली समुदायमा हिन्दू पण्डितहरुले खिचेको सोचले हामीहरुको जीवन कष्टकर बनेको सत्य हो, तर कसैको धार्मीक आस्थामाथि पुगेको चोटप्रति दुःखी छु ।’

परियारले दलित समुदायलाई आहिले पनि गाउँघरका दुरदराजमा धार्मीक हिसाबले पनि अछुत बनाइने प्रक्रिया पुनः बढेको बताउँदै भन्नु भएको थियो, ‘मठमन्दिरमा दलितलाई निशेध छ, ढुंगालाई पूज्ने दलितलाई थुक्ने यो व्यवहार कहिलेसम्म सहने, ढुङ्गाको अगाडि दलितको मूल्य छैन भने आगो लगाए हुन्छ ।’

‘सो अभिव्यक्तिको लक्ष्य धार्मीक आस्थामा खलल पुर्याउने नभएर दलितको अन्यायको आधार मठमन्दिर हुनुहुँदैन भन्ने हो’ भन्दै स्पष्टिकरण दिनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वास्थ्य सेवामा ठूलो संख्यामा कर्मचारी भर्नाको बाटो खुल्यो

काठमाडौं,१४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ । भूमि

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री चुप हुनुमा कांग्रेसको आपक्ति

काठमाडौं,१४ जेठ । नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा

धार्मीक आस्थामाथि आक्रोश व्यक्त गरेको हैन : जनक परियार

काठमाडौं ,१४ जेठ। दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिदै धर्मीक आस्थामाथि प्रहार भन्दा पनि दलितमाथिको उत्पीडनविरुद्धको अभिव्यक्ति बताउनु भएको छ । बिहिवार

नेपालमा स्थानीय तहको न्यायिक समिति : संवैधानिक व्यवस्था, कानूनी क्षेत्राधिकार र कार्यविधि

नेपालको संविधानले राज्यको संरचनालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक स्वरूपमा पुनर्संरचना गर्दै राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने व्यवस्था गरेको छ। सङ्घीयताको मूल मर्म नागरिकलाई

महानगरको मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र रोजगारी : चिरिबाबु महर्जन

काठमाडौं,१४ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता बनाइने बताउनु भएको छ । बिहीबार ललितपुरमा आयोजित अङ्गदाता